Saturday, October 16

मलेसियाबाट नेपाली चेलीको शव ल्याउने तयारी, भावविह्वल बन्दै यसरी गरे साथीले बिदाई

August 21, 2021 279

रोजगारीको सिलसिलामा मलेसियामा ज्यान गुमाएकी नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारकी मिठ्ठु तामाङ (कान्छी) को शव ल्याउने तयारी गरिएको छ। भद्रुटारको घट्टे खोला स्थायी ठेगाना भएकी मिठ्ठुको उपचारका क्रममा शनिबार बिहान निधन भएपछि आवश्यक कागजपत्र ढिलाइका कारण मलेसियाको एसआई कास्केट अस्पतालमा राखिएको थियोे ।

आवश्यक कागजपत्र जुटे लगत्तै उनको शव नेपाल ल्याउन लागिएको हो। नेपाली समय अनुसार उनको शव शनिबार बिहान ९ बजे आइपुग्नेछ। वैदेशिक रोजगारीको शिलशिलामा दुई वर्ष अगाडि मलेसिया पुगेकी मिठ्ठु (सन्जिता)को अन्तिम बिदाई गर्न अस्पतालसम्म उनका नेपाली तथा बिदेशी साथीहरूको घुइँचो लागेको थियो । अन्तिम बिदाइका लागि अस्पतालमा उपस्थित सबैको आँखामा आँसु भरिएको देखिन्थ्यो। मृतक तामाङको सहृदयी साथी छबिलाल बोम्जनले सधैं हासिखेली हिडेका चेलीको निधनमा आफुहरु अत्यन्त दुखित भएको बताए। कतिपय नेपाली जमघट तथा बर्थडेमा हँसिली र फरासिली स्वभावमा देखिने मिठ्ठुको बिदाईमा आफू मरेतुल्य भएको बोम्जनले बताए। मलेसियास्थित कास्केट अस्पताल हाल: मिठ्ठुसहित ३५ जना नेपालीको शव रहेको अस्पताल श्रोतले जनाएको छ।

यता अचानक मिठ्ठुको मृत्युको खबरले स्तब्ध भएका उनका आफन्तजन गाडी रिजर्भ गरी काठमाडौं पुगेका छन् । ‘दशैमा आफू जसरी घर आउने बताउने मिठ्ठुको शव बुझ्न भावविह्वल बन्दै उनका आफन्त काठमाडौं प्रवेश गरेका हुन।

मिठ्ठु दुई वर्ष अघि केहि कमाइ गर्ने लक्ष्यका साथ मलेसियास्थित केल कोतरयामा रहेको नेपाली होटल ‘मेरी बास्सै’मा पुगेकी थिइन। काम गर्ने सिलसिलामा कहिलेकाही टाउको आफै दुख्ने बताउने २५ वर्षीय मिठ्ठुको उपचारका क्रममा अस्पतालमा गत शनिबार निधन भएको थियोे । मिठ्ठुकी सहकर्मीहरुले शव ब्यवस्थापनका लागि रकम समेत संकलन गरेका छन् ।उनीहरुले रु १ लाख ५० हजार आर्थिक सहयोग रकम जुटाएको मिठ्ठुकी साथी छबिलाल बोम्जनले बताए। रकम उनको आफन्तलाई तत्काल हस्तान्तरण गरिने उनले बताए ।

प्रतिकृया दिनुहोस्