Monday, September 20

नेपालीले इतिहासमै पहिलो पटक रकेट प्रक्षेपण: ‘गरुड’…

March 21, 2021 244

नेपालको इतिहासमै पहिलो पटक नेपाली युवा इन्जिनियरिङका विद्यार्थीहरुको समूहले बनाएको र’केट परीक्षण भएको छ । शनिबार नेपालको पहिलो रकेट गरुडको सिन्धुलीको भिमानमा प्रक्षेपण परीक्षण गरिएको हो ।

रकेट करिब डेढ सय मिटर आकाशमा उडेको थियो । त्यसपछि हावाका कारण रकेट दु’र्घटना हुन पुगेको थियो । यो रकेट १० हजार फिट एलजीएलको उचाइमा पुग्ने अनुमान गरिएको थियो ।

हाल देखिएका विभिन्न समस्या मध्यनजर गर्दै इन्जिनियरिङका विद्यार्थीहरुको समूहले आगामी महिना पुनः रकेट प्रक्षेपण गर्ने जनाएको छ ।
स्पेसपोर्ट अमेरिकामा आयोजना हुने र’केट इन्जिनियरिङ प्रतिस्पर्धा ‘स्पेसपोर्ट अमेरिका कप–२०२१’ मा नेपाली रकेट ‘गरुड’ पनि छनौटमा परेको छ । मोटे ग्याङ्ग नेपाल बाट साभार, ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्