Saturday, October 16

बेलायतमा पानीमा डुबेर नेपाली विद्यार्थी राईको निधन

August 21, 2021 276

बेलायतमा एक नेपाली युवाले पानीमा डुबेर ज्यान गु’माएका छन् । बेलायतको फार्नबरो बस्दै आएका २८ वर्षीय हेमन्तकुमार राईको अगस्ट १६ सोमबारका दिन वेल्सस्थित एक पानीको झरनामा खेल्ने क्रममा डुबेर मृत्‍यु भएको बेलायती प्रहरीले जनाएको छ ।

घु’म्नका लागि साथीहरुसँग वेल्स पुगेका उनी त्यहांको ग्लाइनिथस्थित पोन्टनेडफिकान झरनामा पुगेका थिए । ‘झरनाको पानीमा पसेपछि उनी अफ्टेरोमा परेको र केहीबेरमै स्थानीय प्रहरी, उद्धारकर्मी र एम्बुलेन्स पुग्दा मृत्‍यु भइसकेको’ प्रहरीले बताएको छ ।

मृतक राईको परिवारनिकट स्रोतका अनुसार उनी पूर्व गोर्खाका छोरा हुन् । बेलायतकै एक विश्वविद्यालयबाट उनले हालै इन्जिनियरिङको अध्ययन पूरा गरेका थिए ।उनीसंगै घुम्न गएका साथीहरुले जनाएअनुसार झरनामा पुग्दा राई एक्साइटेड भएर ‘जम्प’ गरेका थिए ।

तर अन्य साथीहरु डराएर पानीमा पसेनन् । राई पानीको भूमरिमा परेर निस्किन नसकेको र साथीहरु पनि जोगाउन जान नसकेको बुझिएको छ ।राईको मृत्‍युको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले घटनाबारे कुनै जानकारी भए सम्पर्कमा आउन अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस्