Thursday, March 4

काठमाडौंमा अविवाहित महिलाले बच्चा जन्माएर झा’डीमा फा’लेपछि आमा पक्राउ

January 21, 2021 120

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरमा जन्माएर फा’लि’एको अवस्थामा नवजात शिशु फेला परेको छ । स्थानियले बच्चा रो’एको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

पवित्रनगरस्थित झा’डी मा बुधबार बिहानै नवजात शिशुको आवाज स्थानियले सुनेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले शिशुको आमालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको बताएका छन् ।

‘बिहानको समयमा नवजात शिशु रो’एको स्थानीयले सुनेपछि आफुहरुलाई खबर गरेको डिएसपी विष्टले बताए । नवजात शिशुको अहिले कान्तिबाल अस्पतालमा उपचार भइरहेको छ ।’

प्रहरीले झा’डीमा नवजात शिशु ल’गेर फा’ल्ने २० वर्षीय महिलालाई पनि प’क्राउ गरेको जनाएको छ । महाराजगञ्ज क्षेत्रमा डेरागरी बस्ने महिला अविवाहित रहेको र उनको पनि कान्तिबाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

त्यस्तै पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौँबाट काँकडभिट्टातर्फ गइरहेको ना७ख २१११ नंको बस र विपरीत दिशाबाट आइरहेको ना६ख ४२८१ नंको ट्रक एकापसमा ठक्कर खाएको थियो । ठक्करबाट घाइते भएका बसका चालक श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

राति ११ बजे भएको दुर्घटनामा परी बसका सहचालक रौतहट चपुर–४ बस्ने ४९ वर्षीय विनोद शर्मा सङ्ग्रौला र ट्रकका सहचालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का सुनिलकुमार साह घाइते भएका छन् । घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको र बसमा सवार १५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । ठक्कर खाने ट्रकका चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्