Sunday, October 17

केहिदिन अगाडी ७० लाखको गाडी किनेकी पुजा शर्माको नयाँ लुक्स सार्बजनिक !

August 21, 2021 253

केहि हप्ता अगाडी ७० लाख मुल्यको हुन्डाई क्रेटा किनेर चर्चामा आएकी नायिका पुजा शर्माको नया लुक्स सार्बजनिक भएको छ ।हरियो पहिरनमा सजिएकी पुजाले यो तस्बिर उनले बनाईरहेको नया घरमा खिचेको बुझिएको छ ।

काठैकाठको भर्यांङ्हालेको नया घरमा पूजाले निकै खर्च गरेको अनुमान गर्न सकिन्छ ।वि.सं २०४९ साल वैशाखको १७ गते सिन्धुपाल्चोकमा जन्मिएकी पुजाले ‘थ्रि लभर्स’बाट अभिनय यात्रा शुरु गरेकी थिइन् । फिल्म ‘प्रेमगीत’बाट भाग्य चम्किएकी पुजा राम्रो कमै गर्ने नायिकामा पर्छिन ।

पूजाले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ बक्स अफिसमा हिट भयो । योसँगै उनको झनै चुलियो । पूजाले ‘प्रेमगीत’ अगाडि ‘मेरो बेष्ट फ्रेन्ड, मधुमास, चंखे शंखे पंखे, अझै पनि’ लगायतका चलचित्रमा काम गरेकी थिइन् ।पूजाको करिअरको टर्निङ पोइन्ट निर्देशक सुदर्शन थापासँग भेटपछि भएको मानिन्छ ।

सुदर्शनले उनीसँग ‘मधुमास’पछि निरन्तर सहकार्य गर्दै आएका छन् । सुदर्शनको निर्देशनमा पूजाले ‘मधुमास, चंखे शंखे पंखे, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन् ।

पूजा पछिल्लो समयकी चर्चित र महंगी नायिका हुन् । उनले चलचित्रमा अभिनय गरेको १५ लाख भन्दाप माथिको पारिश्रमिक वुझ्दै आएकी छिन् ।विभिन्न समयमा आफ्नै बोलीका कारण विवादमा समेत पर्दै आएकी यी नायिका पछिल्लो समय नायक आकाश श्रेष्ठसँगको सम्बन्धका कारण पनि चर्चामा छिन् ।

तर, पूजा आकाशलाई आफ्नो साथी मात्र भएको बताउँछिन् ।पछिल्लो समय पुजाले सामाजिक संजालमा नयाँ तस्बिर सार्वाजनिक गरेकी छन् । तस्बिरमा उनको सुन्दरता निकै खुलेको छ ।

प्रतिकृया दिनुहोस्