Sunday, March 7

लगातार बढ्दै सुनको मूल्य, तोलाको कति पुग्यो ?

January 21, 2021 134

काठमाडौं – बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ४ सय रुपैया र बुधबार तोलामा ५ सय रुपैयाले बढेको सुनको मूल्य आज पनि तोलामा ६ सय रुपैयाले बढेको हो ।

बुधबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९३ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज पनि चाँदीको मूल्य तोलामा १५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य ११ सय ७५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्