Friday, July 23

२४ लाखको चिट्ठा पर्यो, १ लाख ७५ हजार कर बुझाउनु पर्छ भने, कर बापतको रकम लिएर गायव

January 21, 2021 240

सामाजिक संजाल अहिले ठगीको माध्यम भएको छ । सामाजिक सञ्जालमा आवद्ध भएर बिभिन्न प्रलोभन दिँदै ठगी गर्ने बढेका छन् । यस्तै एक घटना सार्वजनिक भएको छ ।

महागढीमाई नगरपालिका ३ बस्ने दिपेन्द्र प्रसाद जयसवाललाई २५ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको खबर आयो । उनलाई उक्त चिट्ठाको रकम पाउन कर बुझाउनु पर्ने बताइयो । कर अग्रिम बुझाउनु पर्ने बताइयो ।

कर वापतको रकम लिएर भने ब्यक्ति अलप भए । यो घटना बाराको हो । अहिले सामाजिक सञ्जाल मार्फत ठगी गर्ने एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका ४ बंजरिया टोल बस्ने २७ वर्षीय भोला महतो छन् ।

यो ठगहरुको टोलीमा भएका अन्यलाई खोजी गर्ने कार्य भै रहेको प्रहरीले जनाएको छ ।

महतोले जयसवाललाई २५ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको छ र उक्त रकम प्राप्त गर्न अग्रिम १ लाख ७५ हजार रुपैयाँ जम्मा गर्नुपर्छ भनी बिभिन्न प्रलोभन दिई उक्त रकम ठगी गरी फ रा र रहेको खुल्न आएको छ ।

प्रतिकृया दिनुहोस्