Thursday, August 11

नेपाल पक्षमा रहेकी यि सांसद झुक्किएर ओलीसंग पुगेपछि….

March 19, 2021 243

काठमाडौ । सर्वोच्चको फैसला पछि ब्युतिएको नेकपा एमाले पनि अनौपचरीक रुपमा दुई खेमामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र झलनाथ खनाल सहित उनको समर्थनमा रहेका नेताहरुलाई पाखा लगाउने उपाय सोचिरहेका छन् भने खनाल–नेपाल पक्ष पनि ओलीको कार्यशैलीको विरोधमा छन् । दुवै पक्ष आ आफ्नै ढंगले अघि बढेका छन् ।

प्रधानमन्त्री ओलीले फागुन २८ गते एकलौटी रुपमा केन्द्रिय समितिको बैठक बोलाएर माधव झलनाथ पक्षका सबै नेताको पद खोसिदिए । अध्यक्ष र महासचिव वाहेक सबै पद भंग गरेर महाधिवेशनको मिति घोषणा गरे । यता माधव झलनाथ पक्षले पनि चैतको ४ र ५ गते राष्ट्रिय भेलाको आयोजना गरे । यस्तो अवस्थामा सांसद र नेताहरु पनि झुक्किएका छन् । नेपाल पक्षकी सांसद गङ्गा चौधरी झुक्किएर बालुवाटार पुगेकी छन् ।

बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा पुगे लगत्तै फर्किएकी उनले आफू त्यहाँ झुक्किएर पुगेको दाबी गरेकी हुन् । सानेपामा भइरहेको नेपाल पक्षको राष्ट्रिय भेला छोडेर उनी बालुवाटार पुगेकी थिइन् । उनले भनिन् ‘दलको बैठकमा नेताहरूले जाने नजाने भन्ने कुरा निश्चित नगरी झुक्याउँदा बालुवाटार पुगेँ ।’

सांसद चौधरीले नेताद्वय झलनाथ खनाल र माधव नेपालप्रति आक्रोश समेत व्यक्ति गरिन् । सांसद चौधरी बालुवाटारबाट फर्किए लगत्तै झलनाथ खनाल–माधव नेपाल समूहले सानेपामा आयोजना गरेको छलफल कार्यक्रममा पुगेकी छिन् । चौधरीले आफू खनाल नेपाल पक्षमै रहेको दाबी गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्