Saturday, September 18

हतियार तथा अन्य सामग्रीहरु बरामद

March 22, 2021 321

काठमाडौं, ८ चैत । बाँके राष्ट्रिय निकुञ्जमा राखिएको स्प्य क्यमारामा हतियारसहित केही व्यत्तिहरुको हर्कत गरेको देखिएको छ ।उक्ता घटना भएको हुँदा ‘अपरेशन महाहण्ट-७ ‘मा खटिएको फौज र निकुञ्ज कार्यालयका कर्मचारीसहितको संयुक्त टोलीले चैत ७ गते भरुवा बन्दुक २ नाल, बारुद ४ सय ग्राम, केप १४ थान, शिकार गरिएको मासु लगायत शिकारमा प्रयोग हुने अन्य सामानहरु बरामख गरिएको छ ।

बरामद गरिएको सामानहरु निकुञ्ज कार्यालयमा बुझाइएको जनाइएको छ। उक्त घटनामा संलग्न भइ फरार भएका व्यक्तिहरुको खोजी कार्य भइरहेको छ । ‘अपरेशन महाहण्ट -७ ‘अन्तर्गत भइरहेको सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तर आरक्ष्हरुमा संरक्षित जिवजन्त र प्राकृतिक सम्पदाहरुको सुरक्षामा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिकृया दिनुहोस्