Saturday, July 31

आँचलको जन्मदिनमा उदीपको ग्रयाण्ड सप्राईज : यस्तो गिफ्ट देखेर सवै छक्क (भिडियो सहित)

March 22, 2021 237

काठमान्डौ : आँचल शर्मा नेपालकी निकै चर्चित नायिका हुन् । उनले छोटो समयमा नै निकै लोभलाग्दो सफलता हासिल गरेकी छिन् । चलचित्र नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा आएकी आँचलले छोटो समयमा नै धेरै चलचित्रमा काम गरिसकेकी छिन् ।

तिनै चर्चित नायिका आँचल शर्माको जन्मदिन रहेको छ । नायिका आँचल शर्मा २५ बर्षमा लागेकी छिन् । सानै उमेरमा नै आँचलले धेरै चर्चा पाएकी छिन् । उनी चलचित्रमा मात्र नभएर म्यूजिक भिडियोमा पनि उत्तिकै व्यस्त छिन् ।

उनलाई पति उदिप श्रेष्ठले जन्मदिनको शुभकामना दिएका छन् । आफुले उपहार स्वरुप माया रहेको भन्दै उदिप श्रेष्ठ सामाजिक सञ्जाल इन्टाग्राममा लेख्छन्, ‘म तिम्रो आँखाको त्यो चमक विर्सने छैन, जस्ले मलाई तिम्रो प्रेममा डुबायो । जन्मदिनको शुभकामना मेरी प्यारी म तिम्रो चमक र मुस्कान कहिले निभ्न दिने छैन ।
आँचलको जन्मदिन भएकाले उनलाई शुभकामना दिनेको ओइरो लागेको थियो । सबैले उनलाई जन्मदिनको निकै शुभकामना दिएका थिए । केहि दिन अघि अभिनेत्री आँचल शर्मा र उदिप श्रेष्ठको बिहे भएको वर्ष दिन पनि पुगेको छ । सो अवसरमा उनीहरू नवजिवन परोपकार समाज पुगेर सेवामा जुटे। हेर्नुहोस् भिडियो सहित-

प्रतिकृया दिनुहोस्