Thursday, September 23

पाँचखाल नगरपालिका १५ दिनलाई ‘सिल’

May 22, 2021 152

काभ्रेको पाँचखाल नगरपालिकाले भोली शनिवार दिउँसो २ बजेदेखि ‘सिल’ गर्ने निर्णय गरेको छ । नगरपालिकाको शुक्रबारको बैठकले दिउँसो २ बजेदेखि लागू हुनेगरी १५ दिन सम्म सिल गर्ने निर्णय गरेको नगरपालिकाले विज्ञप्तीमा जनाएको छ ।

कोभिड–१९ को संक्रमणको दोस्रो लहर नगरपालिका भित्र पनि गीब्र रुपमा समुदाय स्तरमा नै फैलिएको, संक्रमितको संख्या दिनादुदिन बढिरहेकाले संक्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्नका लागि यस्तो निर्णय गरिएको नगरपालिकाले जानकारी गराएको छ ।

उक्त अवधिभर एक वडा बाट अर्को वडामा समेत जान नपाउने निर्णय भएको छ । दुधजन्य, तरकारी तथा खेतवारीमा काम गर्ने कृषकहरुलाई सुरक्षा मापदण्डमा रहेर गर्ने, दुध विहान ६ बजे देाि ७ बजे सम्ममा संकलन तथा विक्रि वितरण भइसक्नुपर्ने उल्नेख छ । नगरपालिकाले खाना, खाजा, मदीराजन्य पसलहरु खोल्न नपाउने, होटल खेलेर तास खेल्ने खेलाउने गरेमा ५० हजार सम्म जरिवाना गर्ने समेत निर्णय भएको छ   

प्रतिकृया दिनुहोस्