Monday, June 14

सप्तरीमा पशु फार्ममा आगलागी हुँदा २० गाई मरे, १० वटाको घाइते अवस्थामा उद्धार

March 22, 2021 202

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ स्थित कृषि फार्ममा आज भएको आ’ग’ला’गीमा परी २० गाई जलेर म’रे’का छन् । गाउँपालिका अन्तर्गतका कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा विद्युत् सर्ट भएर आ’ग’ला’गी भएको प्रहरीले जनाएको छ ।

स्थानीय मनोजकुमार साह र दिनानाथ साहले संयुक्त रुपमा सञ्चालन गरेको कृष्णाराम बहुउद्देश्यीय पशु फार्ममा शुक्रबार दिउँसो आ’ग’ला’गी हुँदा २ वटा वाछासहित २० वटा गाई मरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

विद्युत् सर्ट भएर आ’ग’लागी भएको प्रहरीले जनाएको छ। आ’ग’ला’गीमा २० वटा गाई, ढुटोपिठो र गोठ जलेर नष्ट हुँदा ३१ लाख ४० हजार रुपैयाँ बराबरको क्ष’ति भएको प्रारम्भिक अनुमान गरिएको डिएसपी काफ्लेले बताए।

आ’ग’ला’गीमा परेर फार्म सञ्चालक दिनानाथ समेत घाइते भएका छन्। गाईलाई आ’गो’बाट जोगाउने क्रममा उनी घाइते भएका प्रहरीले जनाएको छ। घाइते दिनानाथको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको छ। आ’ग’ला’गीमा परेका १० वटा गाईलाई भने घाइते अवस्थामा उ’द्वार गरिएको उनले बताए।

कञ्चनरुप नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले आ गो नियन्त्रणमा लिएका डिएसपी काफ्लेले जानकारी दिए।

प्रतिकृया दिनुहोस्