Wednesday, September 22

लुम्बिनी प्रदेशकी सांसद विमला वलीका बारेमा फेरी बाहिरियो अर्को रहस्य ..

August 22, 2021 297

काठमाडौ । लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली केही दिन यता चर्चामा छन् । केही राजनीतिक विषय त केही उनका ब्यक्तिगत विषयले चर्चामा आएकी हुन् । कहिले आफु नेकपा एमाले हुँ भन्दै विज्ञप्ती जारी गर्ने त कहिले फेरी माओवादी केन्द्रमै फर्र्किए भन्दै पत्रकार सम्मेलन गर्ने विमला ओलीका बारेमा अन्तत फेरी अर्को रहस्य बाहिरियो ।

उनले आफुलाई जे दावी गरेपनि नेकपा खारेजपछि पनि एमालेमै रहेको कुरा प्रदेश सभा सचिवालयकै दस्तावेजबाट पुष्टि भएको छ। एमालेले आफूसँग रहन दबाब दिए पनि नेकपा माओवादी केन्द्र रोजेकी छु भन्दै पत्रकार सम्मेलन गरेर तत्कालिन मुख्यमन्त्री शंकर पोखरेललाई समेत गम्भिर आरोप लगाएकी सांसद वली एमालेकै सदस्य रहेको प्रमाण प्रदेश सभाले फेला पारेको हो।

हाल लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल एमालेले वलीले दल त्याग गरेको भन्दै उनलाई कारबाही गर्न (सांसद पदबाट हटाउन) प्रदेश सभा संसद सचिवालयसँग माग गरिरहेको छ। एमालेको विरोधका कारण अहिले संसद बैठक बस्न सकेको छैन ।

प्रदेश सभा सचिवालयले २०७७ चैत ५ गते नेकपा एमालेलाई आफ्ना सांसदको विवरण उपलब्ध गराउन पत्राचार गरेको थियो। जसमा सर्वोच्च अदालतले नेकपा बदर (२०७७ फागुन २३) को फैसला गरेपछि एमाले र माओवादी केन्द्र अलग्गिएकाले त्यसअघि (साबिक) कै विवरण दिन भनिएको थियो।

त्यसअनुसार एमालेले २०७७ चैत १५ गते प्रदेश सभा सचिवालयमा पेस गरेको विवरणमा एमालेका ४३ जना सांसदमध्ये विमला वली पनि समावेश देखिएको हो। उनको नाम सबैभन्दा पुच्छार ४३ नम्बरमा उल्लेख छ।

दाङ क्षेत्र नं ३ (ख) बाट सुर्य चिन्ह लिएर निर्वाचित वलीले गत वैशाख १९ गते पत्रकार सम्मेलन गरी आफू माओवादी केन्द्रमा रहेको जानकारी गराएकी थिइन्। एमालेले भने त्यस अघिसम्म उनी एमाले संसदीय दलको बैठकमा सहभागी भइरहेको बताएको थियो।

प्रतिकृया दिनुहोस्