Tuesday, October 26

मलेसियावाट शनिवार एकै पटक १७ शव नेपाल आइपुग्ने

January 22, 2021 401

काठमाडौ । लामो समय देखि मलेसियामा रहेका नेपालीका १७ शव आइतवार नेपाल ल्याइने भएको छ । मलेसियाको क्वालालाम्पुरबाट शनिबार एउटै जहाजबाट १७ वटा शव नेपाल ल्याइने भएको हो ।

नेपालवाट मलेसिया नियमित उडान भएको भएपनि शव भने ल्याउन सकिएको थिएन । नेपाली यात्रुका सामान र कार्गोका कारण जहाज भरिने भएकाले शव ल्याउन नसकिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

निगमले शवकै लागि वाइडबडी जहाज ए३३० क्वालालाम्पुर पठाउँउने भएको छ । यस अघि नियमित उडानमा सानो जहाजको उडान भइरहेको थियो ।

नेपाल एयरलाइन्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन लागेको नेपाल एयरलाइन्सले जनाएको छ ।

मलेसियाबाट नेपाल आउने क्रममा जहाजमा २५० हाराहारी यात्रु समेत सोही जहाजमा फर्कनेछन् । जहाज आज राती ११ बजे क्वालालाम्पुर उड्ने कार्यक्रम छ । फाइल तस्बिर


 

प्रतिकृया दिनुहोस्