केटी मान्छे भएर जहाज उडाउन डर लाग्दैन पेमा लामालाई धेरैको प्रश्न यही हुन्छ। विगत ६ वर्षदेखि बुद्ध एयरको जहाज उडान गर्दै आएकी पेमा लामा यस्तो प्रश्न सोध्नेहरुलाई उत्तर दिन्छिन्, ‘डर होइन, जहाज उडाउन पाउँदा गर्वको महसुस हुन्छ।’ हो, महिलाले साहसिक काम गर्न सक्दैनन् भन्ने मान्यता भएका व्यक्तिहरुले महिलाहरुले पाइलटको पेशा अपनाउनुलाई अझै पनि आश्चर्यको रुपमा ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
लिने गर्छन्।तर पेमा लामाको साहसले यो मान्यता चिरेको छ। सन् १९९१ मा सोलुको फाप्लुमा जन्मिएकी पेमा २०१२ देखि बुद्ध एयरमा पाइलटको रुपमा कार्यरत छिन्। नेपालमा जम्मा २९ जना महिलाहरुले विमान उडाउने पाइलटको लाइसेन्स प्राप्त गरेका छन्। तीमध्ये पेमा पनि एक हुन्। एसएलसी दिएपछि पेमा उच्च शिक्षा हासिल गर्न सन् २००५ मा काठमाडौं आईन्
सैद्धान्तिक तालिम लिँदासम्म उनलाई पाइलट हुँदाको अनुभव कस्तो हुन्छ, थाहा थिएन। उनको सैद्धान्तिक
तालिम सकियो, प्रयोगात्मक पढाई सुरु भयो। त्यसपछि बल्ल उनले उडान तालिमको मज्जा लिन पाइन्। त्यो क्षण सम्झँदै उनले भनिन्, ‘फिलिपिन्समा तालिम लिँदाको १५ महिनामा कहिले तालिम सकिएला नेपालमा फर्केर उडान गर्न पाइएला जस्तो लाग्थ्यो।२०१० को जुलाईमा तालिम सकेर उनी नेपाल फर्किन्। उनमा जोश र जाँगर पर्याप्त थियो। तर त्यो जोस जाँगर लामो समय टिकन पाएन। कारण थियो, यहाँ बेहोर्नु परेको बेरोजगारी। ४० लाख खर्चेर फिलिपिन्समा उडानसम्बन्धी तालिम लिएकी थिइन्। महङ्गो रकम तिरेर तालिम ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
प्रतिकृया दिनुहोस्