Monday, September 20

विश्वकै महंगो होटलमा बसिरहेका छन् मेसी, तिर्छन् एक रातकै १७ लाख भाडा

August 22, 2021 275

काठमाडौं – विश्व चर्चित फुटबल खेलाडी तथा अर्जेन्टिनी सुपर स्टार लियोनल मेसी पछिल्लो समय चर्चामा आइरहेका छन् । हालै फ्रेन्च लिग वानको क्लब पिएसजी भित्रिएका उनी अहिले पेरिसमा नै आराम गरिरहेका छन् ।

केही दिनअघि उनले पिएसजीसँग महँगो रकममा २ वर्षका लागि सम्झौता गरेका थिए । उनलाई प्रत्येक बर्ष लगभग ३५ मिलियन युरो क्लबले दिने बतायएको छ ।अहिले उनी पेरिसको एक होटलमा बस्दै आएका छन् ।

उक्त होटल निकै महँगो रहेको बताइएको छ । अहिले उनी बसेको होटलको पनि चर्चा चलेको छ । उनीसँगै पत्नी र ३ सन्तान पनि छन् । उनी पेरिसको ले रोयल मोंसेउ होटलमा बसीरहेका छन् ।

पेरिसकै सबैभन्दा शानदार ठाउँमा बनाइएको उक्त होटल संसारको महंगो होटल मध्ये एक हो । होटलमा एक रात बस्नको लागि मात्रै करीब १७ लाख ५० हजार तिर्नु पर्ने बताइएको छ । होटलमा एउटा पूल, सिनेमा हल र एकदमै राम्रो फ्रेन्च परिकारहरु पनि छ ।

प्रतिकृया दिनुहोस्