काठमाडौ । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा फेला परेका शव विद्यार्थीको भएको खुलेको छ । शुक्रबार जंगलमा भेटिएका दुवै जना १७ र १८ वर्षका विद्यार्थी भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता ९एसपी० रमेश बस्नेतले जानकारी दिए ।
मृ त क मध्ये एक जना नुवाकोटको छापाका १६ वर्षीय अर्जुन खड्का र अर्का काभ्रेको भुम्लुका १७ वर्षीय मंगल तामाङ रहेको खुलेको हो। मृ त क का आफन्तले शवको पहिचान गरेका हुन्। उनीहरु दुवै जना बाङ्गेमुडामा डेरा गरी बस्थे। अर्जुन असनस्थित टेउडा स्कुलमा र मंगल क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा पढ्थे।
शव फेला परेको स्थाननजिकै दुई वटा वि ष को बट्टा पनि भेटिएको तर उनीहरुले वि ष से व न गरे नगरेको भने पुष्टि भइनसकेको एसपी बस्नेतले बताए।
श व फेलापरेको स्थाननजिकै दुई वटा वि ष को बट्टा पनि भेटिएको छ’, एसपी बस्नेतले भने, ‘उनीहरुले वि ष से व न गरेको भन्ने पुष्टि भएको छैन, यसबारे हामी अनुसन्धान गरिरहेका छौँ।’
दुवै श व पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। घटनास्थलमा अवलोकनमा गर्न त्रिवि शिक्षण अस्पतालका फ रे न्सि क डाक्टर पुगेका थिए। यस्तै तालिम प्राप्त कुकुरलाई पनि अनुसन्धानका लागि लगिएको छ।
श व फेला परेको खबरपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहसहितको टोली पनि घटनास्थल पुगेको थियो। प्रहरी अ प रा ध महाशाखा र परिसरको टोलीले अनुसन्धान थालेको छ।
प्रतिकृया दिनुहोस्