Monday, September 20

देशभरि सार्वजनिक विदा

August 23, 2021 233

काठमाडौँ– सरकारले भदाै ७ गते सोमबार गाईजात्रा पर्वको सार्वजनिक विदा दिने भएकाे छ । मुलुकभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद्ले गरेकाे हाे ।

नेपाल राजपत्रमा काठमाडौं उपत्यकाका लागि तोकिएको सार्बजनिक बिदा मन्त्रिपरिषद्काे भदाै ३ गतेकाे निर्णयबाट मुलुकभर दिइएकाे छ । यसअघि गाईजात्रामा काठमाडौं उपत्यकामा मात्रै सार्वजनिक विदा दिने गरिएकाे थियाे ।त्यस्तै गत वर्ष १० अर्ब रुपैयाँ बजेट पाएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम यसपालि अलपत्र परेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय नेतृत्वविहीन भएपछि शैक्षिक गतिविधिहरू ओझेलमा परेका हुन् । करिब डेढ महिना बित्न लाग्दा पनि शिक्षा मन्त्रालयसहित १४ मन्त्रालय नेतृत्वविहीन छन् । शिक्षामन्त्री नहुँदा मन्त्रालयका गतिविधिहरू खुम्चिएका छन् सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउने उद्देश्यले सञ्चालन गरिने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हुने र नहुने अन्योल रहेको जनाएको छ ।

गत वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिए पनि यो वर्ष कार्यविधि परिवर्तन गर्नुपर्ने र त्यसको लागि विभागीय मन्त्री नियुक्त नभएसम्म कार्यक्रम हुने/नहुने अन्योल बढेको केन्द्रका उपनिर्देशक केशव दाहालले बताए ।उनका अनुसार गत वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमसँगसँगै विद्यालयको भौतिक निर्माण केन्द्रको नियमित कार्यक्रमअन्तर्गत भइरहेको थियो ।

तर, अहिले नियमित कार्यक्रममा जाने भौतिक सुधार शीर्षकको रकम पनि राष्ट्रपति शैक्षिक सुधारमा राखिएपछि कार्यविधि बनाउनुपरेको उनले स्पष्ट पारे । उनले भने, “यसलाई छुट्टै परिष्कृत कार्यविधि बनाएर हिजो भएका कमीकमजोरीलाई सुधार गरेर नयाँ कार्यविधि बनाएर जानुपर्छ भनेर रोकिएको हो ।”

यस वर्ष पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि बजेट छुट्ट्याइएको छ । हाल त्यो बजेट केन्द्रमा नै छ । उपनिर्देशक दाहाल भन्छन्, “अहिले कार्यविधिमा केही काम भएको छैन । कार्यक्रम रहन सक्छ या नरहन सक्छ । बजेट रहन सक्छ या थपिएर आउन सक्छ । फेरि बजेट संशोधन हुन्छ वा हुँदैन, त्यसको टुंगो भएको छैन ।

कसरी आउँछ त्यहाँबाट, सोहीअनुसार कार्यक्रमको मोडालिटी तयार हुन्छ । मन्त्रीज्यु आएपछि मात्र काम हुन्छ ।”तर, शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा प्रधानमन्त्रीले नै शिक्षा मन्त्रालय हेरिरहेकोले शैक्षिक गतिविधिहरू निर्वाध सञ्चालन हुने दाबी गर्छन् ।उनले राष्ट्रपति शैक्षिक सुधारलगायत कार्यक्रम बजेटमै उल्लेख भएकाले जसरी पनि सञ्चालन हुने बताए ।

तर, मन्त्रालयमा राष्ट्रपति शैक्षिक सुधारको कार्यविधि आइसकेको छ वा छैन भन्नेबारेमा जानकारी नभएको उनले बताए ।उनले भने, “कार्यविधि अन्तरमन्त्रालय समितिमा हुने भएकोले त्यसको बारेमा समितिमा या केन्द्रको योजना महाशाखालाई जानकारी हुन्छ । प्रक्रियामा छ, संशोधन भइसकेको अवस्था छैन ।”

प्रतिकृया दिनुहोस्