Saturday, September 18

हामी अमेरिकाको एकता र आशाको कथा लेख्नेछौँ

January 23, 2021 259

प्रधानन्यायाधीश रोर्बट, उपराष्ट्रपति ह्यारिस, सभामुख पेलोसी, नेताहरू शूमर र म्याकोनल, उपराष्ट्रपति पेन्स, उपस्थित अथितिगण र मेरा प्यारा अमेरिकी साथीहरू ।

यो दिन अमेरिकाको हो ।

यो दिन प्रजातन्त्रको हो ।

यो इतिहास र आशाको दिन हो ।

नवीकरण र संकल्पको दिन हो ।

प्रत्येक समस्यामा अमेरिकाको परीक्षण भए पनि समस्यालाई जित्दै नयाँ अमेरिकाको उदय हुने गरेको छ । आज हामीले कुनै उम्मेदवारको विजय उत्सव होइन, एउटा कारणको विजय उत्सव मनाइरहेका छौँ । त्यो हो प्रजातन्त्र ।

मानिसहरूको इच्छा सुनिनेमात्रै होइन, त्यसलाई ध्यान पनि दिइनेछ । हामीले फेरि पनि प्रजातन्त्र मूल्यवान हुने शिक्षा पाएका छौँ ।

प्रजातन्त्र नाजुक छ । तर, यो समयमा मेरा प्रिय साथीहरू ! प्रजातन्त्र अझ बलियो भएको छ ।

त्यसैले अब यो पवित्र भूमि जहाँ केही दिनअघि यो क्यापिटलको आधारलाई खलबल्याएको थियो । हामी ईश्वरलाई साक्षी मानेर एक राष्ट्रका रूपमा उभिएका छौँ, अविभाज्य सत्ता शान्तिपूर्ण हिसाबमा दुई शताब्दीदेखि हस्तान्तरण गर्दै आएका छौँ ।

हामी हाम्रो विशिष्ट अमेरिकी तरिकाबाट अघि बढ्छौँ– व्याकुल, दृढ, सकारात्मक । हामी हाम्रो ध्यानलाई त्यहाँ केन्द्रित गर्छौं जुन हाम्रो राष्ट्र छ र हुनुपर्छ ।

म दुवै पार्टीका मेरा पूर्वजहरूलाई यहाँ उपस्थित भएकोमा धन्यवाद दिन्छु । म उनीहरूलाई मेरो अन्तस्करणबाट नै धन्यवाद दिन्छु ।

तपाईंहरूलाई हाम्रो संविधानको लचकता र हाम्रो देशको सबल पक्ष थाहा छ । जस्तै, राष्ट्रपति जिमी कार्टर, जोसँग मैले हिजो राति मात्रै कुरा गरेको थिएँ तर उहाँ आज यहाँ उपस्थित हुन सक्नुभएन । हामी उहाँलाई जीवनपर्यन्त देश सेवाका लागि धन्यवाद दिन चाहन्छौँ ।

मैले भरखरै यी सबै राष्ट्रवादीहरूले लिएको जस्तै पवित्र शपथ लिइकेसकेको छु– यो पहिलो शपथ जर्ज वासिंटनले लिनुभएको थियो ।

अमेरिकी कथा कोही एकसँग सम्बन्धित छैन । न त यो हामीमध्ये कसैसँग सम्बन्धित छ, यो त हामी सबैसँग सम्बन्धित छ । ‘जनताको रूपमा हामी’ एक पूर्ण संघ चाहन्छौँ । हाम्रो महान देशका हामी राम्रा जनता हौँ ।

शताब्दीयौँदेखि हामीले दुःख र सुख, शान्ति र युद्ध पार गर्दै आएका छौँ । हामीलाई अझै धेरै अघि जानु छ ।

हामी तीव्र गतिमा तत्कालीन आवश्यकता पूर्ति गर्न अघि बढ्छौँ । यो जाडोयाममा संकट र सम्भावनाका लागि हामीले धेरै कुरा गर्नु छ । धेरै कुरा मर्मत गर्नु छ । धेरै पुनःस्थापना गर्नु छ । धेरै ठीक गर्नु छ । धेरै निर्माण गर्नु छ । योसँगै हामीलाई धेरै कुरा प्राप्त गर्नु छ ।

हाम्रो देशको इतिहासको केही कालखण्ड हाल हामीले भोगेको संकट र चुनौतीभन्दा ठूला थिए । एक शताब्दीमा एकचोटी शान्त हिसाबमा भाइरसले देशलाई खोक्रो बनाउँछ ।

अहिलेको भाइरसले दोस्रो विश्व युद्धमा अमेरिकाले घुमाएको जीवनभन्दा धेरै जीवन लिएको छ । लाखौँ रोजगारी गुमेको छ । हजारौँ व्यापार बन्द भएको छ । चार सय वर्षअघिको जातीय न्यायले अहिले पनि हामीलाई घच्घच्याउँदा त्यसले हामीलाई पोल्छ । न्याय सबैका लागि समान हुनेछ, न्यायमा भेदभाव हुनेछैन ।

अस्तित्वका लागि हाम्रो ग्रहबाट नै एक किसिमको क्रन्दन आइहेको छ । यो न त अति हताश छ न त अति स्पष्ट नै छ । अहिले हामीले राजनीतिक अतिवाद, गोरा जातिको आधिपत्य, आन्तरिक आतंकवादको सामना गर्नुपरेको छ, हामी यसलाई पराजित गर्नेछौँ ।

यो चुनौती पार गर्न अमेरिकाको मूल तत्व र भविष्य सुरक्षित गर्न शब्दभन्दा धेरै काम चाहिन्छ । यसका लागि प्रजातन्त्रभन्दा ठूलो मायावी तत्व चाहिन्छ ।

एकता ।

एकता ।

सन् १८६३ को जनवरीमा वासिंटनमा अब्राहम लिंकनले मुक्तिको घोषणामा हस्ताक्षर गरेका थिए । जब उनले कलम र कागजसँगै लिए, राष्ट्रपतिले भने, ‘यदि इतिहासमा मेरो नाम दर्ज हुन्छ भने त्यो यस कार्यका लागि हुनेछ, यसमा मेरो आत्मा बसेको छ ।’

मेरो पुरा आत्मा यसमा छ । आज, यो जनवरीमा, मेरो पुरा आत्मा यसमा छ : अमेरिकालाई एकजुट बनाउने । हाम्रो जनताका बीच एकता कायम गर्ने । र, देशलाई एकताबद्ध गर्ने ।

म सबै अमेरिकीलाई मेरो यो कार्यमा सहभागी हुन आग्रह गर्छु । हाम्रो साझा शत्रुको सामना गर्न एकजुट हुन सक्छौँ । क्रोध, अपमान र घृणा, अतिवाद, अराजकता, हिंसा, संक्रमण, बेरोजगारी र निराशा सामना गर्न सक्छौँ ।

एकताबद्ध भए हामीले धेरै कुरा गर्न सक्छौँ, धेरै महत्वपूर्ण कुरा । हामीले गलत भएकोलाई सही बनाउन सक्छौँ । हामी मान्छेलाई राम्रो काम गर्न लगाउन सक्छौँ । हामी हाम्रो सन्तानलाई सुरक्षित स्कूलमा पढाउन सक्छौँ । हामी यो महामारीबाट छुटकार पाउन सक्छौँ । हामी कामलाई पुरस्कृत गर्न सक्छौँ, मध्यम वर्गको उत्थान गर्न सक्छौँ र स्वास्थ्य सेवा सबैका लागि सुरक्षित गर्न सक्छौँ ।

हामी जातीय न्याय दिन सक्छौँ ।

हामी फेरि अमेरिकालाई राम्रो काममा विश्वलाई नेतृत्व गर्ने देश बनाउन सक्छौँ । मलाई थाहा छ एकतासम्बन्धी कुरा गर्दा कसैका लागि मूर्ख कल्पना जस्तो लाग्न सक्छ ।

मलाई थाहा छ जुन शक्तिले हामीलाई विभाजित गर्‍यो, त्यो गहिरो छ र त्यो सत्य हो । तर, मलाई उनीहरू नयाँ होइनन् भन्ने पनि थाहा छ ।

मसँग असहमत हुनेहरूले मेरो काम हेर्नुहोस् र मेरो आत्माको गहिराइ नाप्नुहोस् । यति हुँदा पनि मसँग असहमति राख्नुहुन्छ भने त्यस्तै रहन दिनुहोस् । यो प्रजातन्त्र हो, यो अमेरिका हो ।

हाम्रो इतिहास नै निरन्तर संघर्षको छ, अमेरिकीहरू सबै समान हुन्छन् भन्ने आदर्श हामीले निर्माण गरेका थियौँ । कुरूप सत्य के हो भने जातिवादी राष्ट्रवादले त्यसलाई धुजाधुजा बनाएको छ ।

यो सदावहारको युद्ध हो । यसमा जित सुनिश्चित छैन । गृहयुद्ध, विश्व आर्थिक मन्दी, दोस्रो विश्व युद्ध, ९/११, संघर्ष, त्यागको माध्यबाट हाम्रो असलपन प्रबल भएको छ ।

यी सबै अवसरमा हामीमा रहेको राम्रो पक्षले हामीलाई अघि बढायो । त्यसले पनि हामी अहिले यो गर्न सक्छौँ ।

इतिहास, विश्वास र कारणले हामीलाई बाटो देखाएको छ, त्यो बाटो एकताको हो । हामीले एकअर्कालाई शत्रुतापूर्ण हिसाबले होइन, छिमेकी जसरी व्यवहार गरौँ ।

हामी सबैले एकअर्कालाई सम्मान र आदरका साथ हेर्न सक्छौँ । हामी शान्त हिसाबमा, नचिच्चाईकन शक्तिको प्रयोग गर्नसक्छौँ ।

एकताविना शान्ति हुँदैन, तितोपना र रोष मात्रै हुन्छ । प्रगति हुँदैन थकाइलाग्दो चिच्चाहाट मात्रै हुन्छ । त्यहाँ देश होइन, अस्थिरताको राज हुन्छ । यो हाम्रो चुनौती र संघर्षको ऐतिहासिक समय हो, एकताले नै हामीलाई अघि बढ्न सहयोग गर्छ ।

त्यसले हामीले यो अवसरलाई संयुक्त राज्य अमेरिका जसरी मिलाप गराउनुपर्छ ।

यदि हामीले यस्तो गर्न सक्यौँ भने म ठोकुवा गर्छु, हामी असफल हुने छैनौँ । जब हामी एकताबद्ध भएर अघि बढ्छौँ, हामी कहिल्यै असफल भएको इतिहास छैन ।

त्यसले आज हामी यो घडीमा यही स्थानबाट नयाँ यात्राको सुरुवात गरौँ । हामी सबै हामी एकअर्काको कुरा सुनौँ । एकअर्कालाई सुनौँ । एकअर्कालाई हेरौँ । एकअर्कालाई सम्मान गरौँ ।

राजनीतिका लागि आगो ओकाल्दै आफ्नो बाटो धरासायी बनाउन पर्दैन । सबै असहमति युद्धकै कारण हुनुपर्छ भन्ने पनि छैन । हामीले तथ्य आफैँ सञ्चालित हुने र निर्माण हुने संस्कारलाई तिरस्कार गर्नुपर्छ ।

मेरा प्यारा अमेरिकाबासीहरू ! हामी यी सबैभन्दा फरक हुनुपर्छ । अमेरिका योभन्दा अझ राम्रो हुनुपर्छ । म अमेरिका योभन्दा राम्रो भएको विश्वास गर्छु ।

आफ्नो वरिपरि हुर्नुहोस् । हामी अहिले जहाँ उभिएका छौँ, क्यापिटल हिल गृहयुद्धको क्रममा निर्माण सम्पन भएको थियो । जुन बेला संघ आफैँ निष्पक्ष थियो ।

हामीले संयम राख्यौँ र अघि बढ्यौँ ।

हामी अहिले राष्ट्रियसभा बाहिर उभिएका छौँ । यो त्यही स्थान हो जहाँ मार्टिन लुथर किङ उभिएर आफूले देखेको सपनाको भाषण गरेका थियो । हामी जहाँ उभिएका छौँ, १०८ वर्षअघि शपथ ग्रहण सम्मेलनका हिंस्रक भिडले एक महिलालाई भोट हाल्नबाट राकेको थियो ।

आज हामीले अमेरिकाको पहिलो महिला उपराष्ट्रपति कमला ह्यारिसको रूपमा पाएका छौँ । हामी यहाँ केही दिनअघिको हिंसापछि उभिएका छौँ । हाम्रो शान्ति र प्रजातन्त्र खलबल्याउन र हामीलाई एक पवित्र भूमिबाट टाढा बनाउन उक्त हिंसा भएको थियो ।

त्यस्तो भएन । त्यस्तो हुँदैन । आज होइन । भोलि होइन । कहिल्यै होइन ।

जजसले मेरो क्यापेनमा साथ दिनुभयो ती सबैलाई म धन्यवाद दिन चाहन्छु । जजसले मलाई साथ दिनुभएन, म उहाँहरूलाई भनूँ, म अघि बढ्दै जाँदा मेरो काम हेर्नुहोस्, मेरो आत्माको गहिराइ नाप्नुहोस् ।

यति हुँदा पनि तपार्इं मसँग असहमति राख्नुहुन्छ भने त्यसलाई त्यस्तै रहन दिनुहोस् । यो प्रजातन्त्र हो, यो अमेरिका हो । शायद हाम्रो प्रजातन्त्रकै ठूलो शक्ति पनि हो ।

तपाईंहरू मलाई स्पष्टसँग सुनुहोस्, हामीबीचको असहमतिले हामीबीच विभाजन ल्याउन हुँदैन ।

म तपाईं सबैका सामु वाचा गर्छु, म सबै अमेरिकीको राष्ट्रपति हुनेछु । मलाई समर्थन नगर्नेहरूको हकहित रक्षाका लागि म धेरैभन्दा धेरै प्रयास गर्नेछु ।

धेरै शताब्दीअघि सेन्ट अगस्टाइन, मेरो चर्चका पादरीले लेखेका थिए, मानिसको भिड आफूले माया गर्ने सामान्य वस्तुले परिभाषित गर्छ ।

त्यो साझा वस्तु के हो जसलाई हामी अमेरिकी भनेर माया गछौँ ?

मलाई लाग्छ, मलाई यो थाहा छ ।

अवसर ।

सुरक्षा ।

उदारवाद ।

गौरव ।

सम्मान ।

इमानदारी

अनि, सत्य ।

हालैको हप्ता र महीनाले हामीलाई दुःखदायी शिक्षा दिएर गएको छ । यहाँ सत्य पनि छ र झुट पनि छ । झुट शक्ति र नाफाका लागि प्रयोग गरिन्छ ।

यो हामी सबैको दायित्व हो । एक नागरिकका रूपमा, खासगरी नेता जसले अमेरिकी संविधानको रक्षा गर्ने वाचा गरेका छन्, सत्यको रक्षा गर्दै असत्यलाई हराउनुपर्छ ।

म बुझ्छु, धेरै अमेरिकी आफ्नो भविष्यका विषयमा चिन्तित र भयभित छन् । म बुझ्छु, उनीहरू आफ्नो रोजगारीका विषयमा चिन्तित छन् । आफ्नो परिवार र आउने समस्याका विषयमा उनीहरू सोचिरहेका छन् ।

म तपार्इंहरूको सेवामा रहँदासम्म सत्ताका लागि होइन सम्भावनाका लागि तपाईंहरूलाई साथ दिनेछु । व्यक्तिगत स्वार्थका लागि होइन, सार्वजनिक हितका लागि हामी सबै मिलेर अमेरिकी कथा लेख्नेछौँ र त्यो आशाको हुनेछ, भयको होइन । एकताको, विभाजनको होइन । उज्यालोको, अन्धकारको होइन

शालीनता र गरिमाको अमेरिकन कथा । माया र आरोग्यको । महानता र असलपनको ।

यो यस्तो काहानी होओस्, जसले हामीलाई मार्गनिर्देश गरोस् । यस्तो कथा जसले हामीलाई प्रेरणा देओेस् । इतिहास र आउने समयलाई जवाफ दिने कथा हुनेछ ।

हाम्रो हातमा सत्य र न्याय त्यसै मरेर गएन बरु त्यो मौलाउनेछ । अमेरिकाले आन्तरिक रूपमा स्वतन्त्रता हासिल गरेर बाँकी विश्वलाई स्वतन्त्रताको मानकका विषयमा बताउनेछ ।

विश्वासको धरातालमा, दृढ विश्वासको बलमा

र एकअर्का र हामीले माया गर्ने देशप्रति समर्पित गर्दै ।

भगवानले अमेरिकालाई आशिस दिऊन्, हाम्रो सेनालाई ईश्वरले रक्षा गरून् ।

प्रतिकृया दिनुहोस्