Saturday, September 18

झम्के मायामा खुलेकी स्वस्तिमा

January 23, 2021 211

काठमाडौँ– गायक समिर आचार्य र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘झम्के माया’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत छ । गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र राहुल शाहको फिचर्ड छन् । भिडियोमा नायिका स्वस्तिमाको आइटम फ्लेभरको नृत्य हेर्न सकिन्छ ।

भिडियोमा राहुल शाहको कोरियोग्राफी तथा निर्देशन र मनोज बस्नेतको लगानी छ । भिडियोमा पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रतिकृया दिनुहोस्