Saturday, October 16

कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएपछि कमेडि च्याम्पियनका जज तथा निर्देशक प्रदिप भट्टराइले लेखे मार्मिक स्टाटस

August 23, 2021 239

काठमाडौं-कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । उनको आज बिहान उपचारका क्रममा निधन भएको हो । उनलाइ ललितपुरको पाटन अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । थापाको स्वास्थ्यमा झन् जटिलता देखिएको कारण भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले उनको निधन भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन् ।शम्भुराज थापा पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थिए । उनले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, र चलचित्रमा अभिनय गर्दै आएका थिए ।

उनको निधन पछि कमेडि च्याम्पियनका जज तथा निर्देशक प्रदिप भट्टराइले सामाजिक संजाल फेसबुकमा मार्मिक स्टाटस लेखेका छन् । उनले लेखेका छन् काठमान्डौ आएर मैले सबैभन्दा बढी संगत गरेको मेरो प्यारो दाइ शम्भु थापाले आज यो धर्ती छोड्नुभयो । दुख सुखमा साथ दिने मान्छेले छोडेर जादा एकदमै एक्लो महसुस गरिरहेकोछु ?? हजुरको सबैभन्दा सुन्दर अनि सुखद लोकमा बास होस ❤️❤️ ।

प्रतिकृया दिनुहोस्