Friday, July 23

तत्काल नेपालमा लकडाउन

March 23, 2021 260

काठमाडौं । कोरोना भाइरसको संक्रमणको दर बढ्दै जान थालेपछि छिमेकी देश भारतका कतिपय राज्यमा दोस्रो पटक कडा लकडाउन लागू गरिएको छ ।

खुला सीमाना रहेको भारतमा दैनिक करिब ५० हजारको हाराहारीमा संक्रमण देखिन थालेर लकडाउन भएपछि नेपालमा समेत लकडाउन हुने हो कि भन्ने चर्चा सुरु हुन थालेको छ ।

यसअघि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी देशमा बढेको संक्रमणका कारण नेपाल पनि जोखिममा रहेको भन्दै देशभर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको थियो । नेपालमा हालसम्म संक्रमणदर एकदमै न्युन रहेकाले तत्काल लकडाउनको सम्भावना भने नरहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्त्ता जागेश्वर गौतमले तत्काल लकडाउनको सम्भावना नरहेको बताए । बरु कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि वैकल्पिक सतर्कता र अन्य उपायहरु भने अपनाउन आग्रह गरिएको बताए । कोरोना भाइरसको संक्रमण फैलिन नदिन पहिलो पटक लकडाउन गरिएको १ वर्ष पुग्नै लागेको छ ।

भारत सहित अन्य युरोपेली देशमा कोरोनाको विभिन्न चरणका लहर चलिरहँदा कतै पूर्ण त कतै आंशिक लकडाउन गरिएको छ । भारत कै कतिपय राज्यमा पूर्ण लकडाउन मात्र हैन, क’फ्र्यु नै जारी गरिएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ९ सय मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमण फै’लिन नदिन क’डाइ गरिएको हो ।

खुला सिमाना भएका कारण भारतसँग जोडिएका तराइका जिल्लाहरुमा संक्रमणको जोखिम उच्च छ । गत शनिबार भारतबाट नेपाल आएका ४ जनामा कोरोना पुष्टि भएको थियो ।

भारतमा संक्रमण दर तिब्र हुनु र सिमानाबाट निर्वाध आवतजावत हुँदा नेपालमा कोरोना संक्रमणको जो’खिम उच्च रहेको भन्दै मन्त्रालयले आइतबार नै देशभरका सिमा नाकामा स्वास्थ्य परिक्षणमा कडाइ गर्न निर्देशन दिइसकेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ४४ सय ७२ जनामा कोरोना परिक्षण गर्दा १ सय ५० जनामा मात्र संक्रमण पुष्टि भएको थियो । जो’खिम उच्च भएपनि संक्रमण न्युन रहेको भन्दै जोखिम कम गर्ने तर तत्काल लकडाउन भने नगर्ने स्वास्थ्य मन्त्रालयका प्रवत्ता गौतमले बताए ।

महिनौँको लकडाउनले अर्थतन्त्रसहित देशका सबैजसो क्षेत्रहरु शि’थिल बनेर भर्खरै मात्र ट्रयाक समात्न खोज्दैछन् । यस्तो अवस्थामा फेरि पनि लकडाउन सहज विकल्प नहुने मन्त्रालयको तर्क छ । तर विगतको जस्तो कोरोना संक्रमणको दर र जो’खिम बढ्दै गए के गर्ने भन्ने विषयमा भने अहिलेदेखि नै गहन भएर दी’र्घकालीन योजना बनाउनु पर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्