Thursday, June 24

धनुषाबाट जन्ती जाँदै गरेको मोटरसाइकल मिर्चैयामा बसमा ठोक्किँदा दुई युवकको मृत्यु

January 23, 2021 215

धनुषाको सबैलाबाट जन्ती जाँदै गरेको मोटरसाइकल सिरहाको मिर्चैयामा बसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुबै युवकको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको प्रयागपुर सडकखण्डमा शुक्रबार राति मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मोटरसाइकल र यात्रुबाहक बस ठोक्किँदा मोटरसाइकलमा सवार धनुषाको सबैला नगरपालिका–१३ का सचिन महतो र सुशिल महतोको मृत्यु भएको हो ।

धनुषाबाट पूर्वतर्फ ज ८ प ६४८४ नम्बरको मोटरसाइकलमा जन्ती गइरहेको बेला विपरीत दिशाबाट आइरहेको ना ५ ख ५२५४ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठक्कर दिने बसलाई धनुषाको ढल्केबरबाट नियन्त्रणमा लिइएको छ ।फाइल फोटो

प्रतिकृया दिनुहोस्