Saturday, October 16

टिकटक स्टार स्मारिका ढकालको डिभोर्स

August 23, 2021 675

काठमाडौं । नेपाली चर्चित टिकटक स्टार स्मारिक ढकाल र उनका पति विवेक अधिकारीबीच सम्बन्ध विच्छेद भएको छ।

झापाको बुधबारे घर भएका स्मारिका र विवेकबीच डिभोर्स भएको कुरा विवेक स्वयंमले टिकटमा लाइभ आएर पुष्टि गरेका छन।उनीहरुबीच समझदारीमा छुट्टिने सहमति भएको विवेकले बताएका छन।

टिकटकमा स्मारिका र समारिकाको जुम्ल्याहा जोडी अत्यधिक रुचाइएका सेलिब्रिटी हुन। स्मारिका दिदी र समारिका बहिनी हुन्। समारिकाको बिहे भएको छैन।

डिभोर्सको कारण खुलाइएको छैन। कतिपयले स्मारिकाले टिकटकमा चर्चित भएपछि विवेकलाई छाडेको आरोप लगाईंरहँदा त्यसमा सत्यता नरहेको विवेकले बताएका छन।

आफूहरु सहमतिमै छुट्टिएकाले नकरात्मक टिप्पणी नगरिदिन उनले आग्रह गरेका छन।टिकटकमा स्मारिकाको ६ लाख भन्दा बढी फलोअर्स छन। पछिल्लो समय उनी म्युजिक भिडियो, सर्ट मुभिहरुमा पनि अभिनय गर्दै आएकी छन।

स्मारिकाले विवेकसँग १८ बर्षकै उमेरमा विहे गरेकी थिइन्। उनीहरुका सन्तान भने छैनन्।

प्रतिकृया दिनुहोस्