Tuesday, October 26

राजमार्गमा खुकुरी देखाएर यात्रुबाहक बस तोडफोड

January 23, 2021 316

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामामा तीन जना युवाको समूहले धरान जाँदै गरेको यात्रुबाहक बसमा तोडफोड गरेको छ।घरेलु हतियार खुकुरीसहित आएका उनीहरूले बस रोकेर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।प्रहरीका अनुसार यो घटनामा नेत्रविक्रम चन्द विप्लव समूहको नेकपा-माओवादीको संलग्नता हुन सक्ने अनुमान गरिएको छ।

किराँत चोकमा बा४ख ८८९७ नम्बरको यात्रुबाहक बस रोकेर खुकुरीसहित आएका उनीहरुले बसको सिट काटेका छन्।बसको अगाडिको भागको सिसासमेत फुटाइदिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।
उनीहरूले मट्टितेल छर्केर उक्त बसलाई आगजनीको प्रयास गरेका थिए। आगजनी प्रयास गरेपछि बसमा रहेका यात्रुहरू चिच्याएको कारण आगजनीबाट जोगिएको प्रहरीले जनाएको छ।

नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको बन्दका बाबजुद झापामा सार्वजनिक यातायातका साधन बिहानैदेखि सञ्चालनमा आएका थिए। समूहमा आएका युवाले बन्दका दिन बस चलाएर किन उल्लंघन गरेको भन्दै बसको सिसा फुटाइदिएको यातायात मजदुरको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

तोडफोड भएको बस इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।र्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको विरोधमा शनिबार सो समूहले नेपाल बन्दको घोषणा गरेको छ।

प्रतिकृया दिनुहोस्