यो समाचारको अन्त्यमा राखिएको छ पुरा भिडियो !
यो पनि पढ्नुहोस।
नेपालमा ‘राजसंस्था अपरिहार्य’ भएको तर्क गर्दै भारतका एकजना पूर्व सचिवले टिप्पणी गरेका छन् । भारतको क्याबिनेटका पूर्व सचिव एस. रमेशले लेखमार्फत् यस्तो तर्क गरेका हुन् । रमेशले १३ जनवरीमा टेलिग्राफ इन्डियामा प्रकाशित लेखमार्फत राजसंस्था पुर्नस्थापना गर्नुपर्नेमा जोड दिएका हुन् । नेपालको राजनितिमा चीनले अदृश्य भूमिका खेल्दा समेत नेकपालाई फुटबाट जोगाउने नसकेको उनले आफ्नो लेखमा भनेका छन्
चीनलाई हेर्नु वा ओलीको विकल्प खोज्नु भन्दा पनि भारतले नयाँ विकल्पको खोजी गर्नुपर्ने उनको धारणा रहेको छ । सत्ता र कुर्सीको लोभमा नेकपा अन्ततः फुटेको र ओली समूहलाई निरन्तर प्रचण्ड र नेपालसमूहले दबाब सिर्जना गरिरहेको भनिएको छ । नेकपाको पछिल्लो स्थितिपछि चीनले नेपालको घटनाक्रमलाई अध्ययन गरिरहेको हुनसक्ने उनको भनाई छ । बि.स २०६३/६३ मा पूर्वराजा ज्ञानेन्द्रलाई सत्ता छाड्न लगाउन करण सिंह नेपाल पुगेको समेत स्मरण गर्दै उनले आफ्नो लेखमा राजसंस्था पुर्नस्थापना गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व लिनुपर्ने समेत बताएका छन्
विगतमा ‘बेबी किङ’का रुपमा अघि सारिका हृदयन्द्र राजा बन्ने उपयुक्त पात्र हुनसक्ने समेत उल्लेख गरेका छन् । ‘गिरिजाप्रसाद कोइरालाले राजा ज्ञानेन्द्र र पारसलाई हृदयन्द्रका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए,’ एस रमेशले माओवादीले बेबि किङको प्रस्ताव अस्वीकार गरेको विषय उल्लेख गर्दै भनेका छन्,‘के यो विगतमा गरिएको यो आग्रहलाई भेट्रान नेताहरुले पुनःयो विषयलाई मान्यता देलान् ?’ उनले हृदयन्द्र १८ वर्ष पुगेको र उनी भारतको राजखानदानसँग समेत नातासम्बन्ध भएको उल्लेख गरेका छन् । नेपालमा पछिल्लो समय राजसंस्थाको पुर्नस्थापनाको माग गर्दै विरोध जुलुसहरु पनि भइरहेको लेखेका छन् ।
प्रतिकृया दिनुहोस्