Tuesday, March 9

२0७७ सालमा घर निर्माण सुरु गर्ने शुभ साइतहरु

January 24, 2021 128
  • काठमाडौं । हरेक मान्छेको सपना हुन्छ, आफ्नै सुन्दर घर होस् । आफ्नो सपना पुरा गर्नका लागि जीवनभर मिहेनत र संघर्ष गर्नुपर्ने हुन्छ । जीवनभरको कमाइले सपनाको घर निर्माणण् सुरु गर्दा जो कोही पक्कै पनि उत्साहित भइहाल्छ नै ।

घर निर्माणका लागि पैसा कमाएर मात्र पुग्दैन । भौतिक संरचना ठड्याएर मात्र घरले पूर्णता पाउँदैन । ज्योतिषशास्त्रीहरुका अनुसार घर निर्माणदेखि बसाइ सराइ गर्दासम्म बैदिक नियम पालना गर्नुपर्ने हुन्छ । गृहारम्भ र गृहप्रवेश शुभ साइत हेरेर मात्र थालनी गर्नुपर्छ । घर बनाउँदा वास्तुशास्त्र मिलाउन पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । । शुभसाइतमा निर्माण सुरु गरेर बास्तु मिलाई बनाएको घर तपाईंका लागि लाभदायक हुन्छ ।

तपाईं वैदिक नियम पालना नगरी बनाएको घर जतिसुकै सुन्दर भएपनि फलदायी नहुने ज्योतिषशास्त्री जिकिर गर्छन । बर्षौंको मिहेनतबाट आर्जित गरेको कमाईले बनाएको घरमा प्रवेश गर्दा सुख, शान्ती र फलदायी हुनुपर्छ । घरमा सरेपछि दुःख, झन्झट र प्रगतीका पाइला रोकिन भएन ।

घर निर्माण सुरु गर्न शुभ साइतहरु

अब घरलाई कसरी शुभलाभ मिल्ने बनाउने त ? शास्त्री भन्छन्, ‘घर निर्माणको थालनी गर्दा शुभ साइत हेरेर मात्र जग बसाल्नुपर्छ ।’ पूर्वीय दर्शनमा घर निर्माण थाल्दा र नयाँ घरमा सर्दा शुभ साइत हेर्नुपर्ने उल्लेख छ ।

यो स्टोरी तयार पर्दा ०७७ सालको माघ १० गते भइसकेको छ । अब ०७७ साल सकिन पनि दुई महिना २० दिनमात्र बाँकी छ । अब बाँकी अवधिमा कुन कुन दिन गृहारम्भ (घर निर्माण सुभारम्भ) गर्न सकिन्छ त ?

माघ महिनामा घर निर्माण सुरु गर्नका लागि २, ७ र २२ गते शुभ साइत रहेको छ । अब तपाईंले माघ महिनामा घर निर्माण सुरु गर्ने सोँच बनाउनु भएको छ भने २२ गते शुभारम्भ गर्दा उत्तम हुनेछ ।

यस्तै, फागुन महिनामा १०, १७ र २७ गते गृहारम्भ गर्ने शुभसाइत जुरेको छ ।

चैत महिनामा २, १८ र २० गते गृह निर्माण सुरु गर्नका लागि शुभसाइत रहेको छ ।

प्रतिकृया दिनुहोस्