Wednesday, October 27

कतार प्रहरीमा बाह्र हजार नेपाली युवाहरुलाई भर्ती खुल्यो !

March 24, 2021 244

कतार सरकारले बाह्र हजार नेपाली युवाहरुलाई आफ्नो प्रहरीमा भर्ती गर्ने प्रारम्भिक प्रक्रिया शुरु गरेको छ। कतार सरकारका तर्फबाट नेपाली युवालाई कतारको प्रहरी वा मिलिट्रीमा भर्ती गर्नका लागि पहिलो चरणमा दुई सयको संख्यामा लैजान नेपाल सरकारसँग अनुमति माग गर्दै पत्र पठाएको छ।

उसले यसका लागि नेपालको म्यानपावर कम्पनी अल तकित ओभरसिजलाई अनुमति दिन अनुरोध गर्दै पत्र पनि लेखेको छ। हजारौंको संख्यामा आफ्ना युवाहरुलाई विदेशको सरकारी सुरक्षा निकायमा भर्ती गर्न नेपाल र कतारका बैदेशिक रोजगार कम्पनीहरुलाई अनुमति दिने कि नदिने भन्ने अन्यौलमा नेपालको सरकार परेको छ।

यो पनि चितवन । चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु गरिने भएको छ ।धुर्मस-सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिएको हो ।

चैत्र १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए ।उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए । अभियानमा सहभागी हुने टोलीलाई सोमबार विहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४०५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।

महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ, हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’ फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘रंगशाला निर्माण सबै जसो जिल्लाको सहभागता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।

प्रतिकृया दिनुहोस्