Wednesday, April 14

संगम भण्डारीले आँचललाई ‘संस्कार नभएकी’ भनेपछि आँचलले दिइन् यस्तो जवाफ (भिडियो हेर्नुस्)

March 24, 2021 76

काठमाडौं । चरित्र कलाकार संगम भण्डारी अहिले सामाजिक सञ्जाल युट्युवमा निकै सकृय छन् । उनले विभिन्न कलाकारहरुको बारेमा टिप्पणी गर्दै आएकी छन् । केही समय अघि उनले नायीका श्वेता खड्काको बारेमा पनि पटप्पणी गरेकी थिइन् ।

उनले पछिल्लो समय नायीका आँचल शर्माको बारेमा गरेको टिप्पणी पनि निकै चर्चित भएको छ । उनले पछिल्लो पुस्ताका कलाकारहरुमा पुराना कलाकारलाई सम्मान गर्ने संस्कार नभएको बताएकी थिइन् ।

उनले आँचलकोन नाम नै लिएर सार्वजनिक स्थानमा भेट हुँदा शिष्टता नदेखाएको आरोप लगाएको लगाएकी थिइन् । उनले एक भिडियोमा भनेकी छन्, कार्यक्रममा भेट हुँदा पनि नमस्ते छैन टाढैवाट हाइ हेलो भन्दै आइन् । उनको यस्तो प्रतिकृयाको भिडियो सार्वजनिक भएपछि नायीका आँचलले पनि टिप्पणी गरेकी छन् ।

उनले हाइ हेलो पनि शिष्टता ब्यक्त गर्ने सम्बोधन भएको भन्दै संगमलाई मन नपरेको भए यहि भिडियो मार्फत नमस्ते भन्छु भन्दै टिप्पणी गरेकी छन् । संगमले नयाँ कलाकारहरुले घरवाट नै संस्कार नसिकेको भन्दै आलोचना गरेकी थिइन् ।

निकै पुरानो कलाकार संगमका केही गुनासाहरु छन् । उनी चरित्र अभिनेत्री हुन् । उनलाई कलाकारका रुपमा छुची सासुका रुपमा चिनिन्छ । उनी म्युजिक भिडियो, डकुमेन्ट्री र फिल्ममा अभिनय गर्थिन ।

साथै उनी कमेडीमा पनि उत्तीकै राम्रो भूमिका खेल्छिन् । उनले श्रीकृष्ण श्रेष्ठसंगै काम गर्न नपाएको भएपनि उनलाई निकै नजिकवाट चिनेको बताएकी छन् । उनले डान्स सिकेर रोयल नेपाल एकेडेमीमा काम गर्न थाल्नु भन्दा पहिले देखि नै उनले श्रीकृष्णलाई चिनेको बताइन् ।

प्रतिकृया दिनुहोस्