Wednesday, September 22

Breaking: काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थपियो

August 24, 2021 223

काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप गरिएको छ। मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरूको संयुक्त बैठकले पुरानै नियमलाई यथावत् राख्दै निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार संक्रमण दर उस्तै रहेको र थप क’डाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य क’डाइ गरिएको हो। अन्य भि’डभाड कम गरी ’कोरोना रोकथामसँग सम्बन्धित जनचेतना प्रवाह गर्ने विषयलाई जोड दिइएको बताइएको छ ।

यस अवधिमा एक साताअघि जारी गरिएका सबै नियम यथावत् रहनेछन्। मा’स्कविना ओहोरदोहोर गर्न पाइने छैन भने राति ८ बजेपछि अत्यावश्यकबाहेकका काममा ओ’होरदोहोर गर्न दिइनेछैन। यस्तै, होटेल तथा रेस्टुरेन्ट र अन्य खाद्यान्न पसल पनि ८ बजे अगावै ब’न्द गर्नुपर्नेछ ।

थप समाचार – मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । ब’ङ्गालको खाडीबाट आएको ज’लवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको छ ।बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए ।

शुक्रबारसम्म देशका धेरैजसो स्थानमा ब’दली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ ।हाल देभभर सामान्य बदली रही प्रदेश नं १,

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरेहको र वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस्