Friday, July 23

असामयिक निधन नेपाली साहित्यका विश्व नारीरत्न तथा नेपालमा पहिलो पी एच डी गर्ने महिला डा.वानीरा गिरीको हिजो राति १० बजे कोरोना सङ्क्रमणले निधन भएको छ ।

May 24, 2021 72

काठमाडौँ । नेपाली साहित्यका विश्व नारीरत्न तथा नेपालमा पहिलो पी एच डी गर्ने महिला डा.वानीरा गिरीको हिजो राति १० बजे कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरको सिभिल अस्पताल पुर्‍याएको आधा घन्टामा नै उनको निधन भएको थियो ।

लामो समयदेखि मधुमेहको शिकार उनी विगत पाँच वर्षदेखि अल्जाइमर रोगबाट पनि पिडीत हुनुहुन्थ्यो । साथै विगत तीन वर्षदेखि उनी अर्धचेतनाको दिनचर्या धानिरहनु भएको थियो । डा.गिरीका पति इन्जिनियर शङ्कर गिरीको प्रबल इच्छामा २०७६ सालमा वानीरा फाउन्डेशनको स्थापना भएको थियो । त्यस फाउन्डेसनमा रहेर कार्य गर्ने अवसरले धेरै पटक उहाँसँग भेट्ने अवसर जुरेको थियो ।

७६ वर्षीया गिरि उपन्यास, कविता र निबन्ध लेखनमा फरक दृष्टिकोण तथा शैलीका कारण नेपाली साहित्यमा चिनिएकी थिइन् । उनका ‘कारागार’, ‘निर्बन्ध’ र ‘शब्दातित सान्तनु’ उपन्यास तथा ‘मेरो आविष्कार’, ‘जीवन : थायमरु’, ‘एउटा एउटा जिउँदो जंगबहादुर’ कविता संग्रहहरु प्रकाशित छन् । उनले ‘शब्दातीत शान्तनु’ उपन्यासका लागि २०५६ सालको साझा पुरस्कार पाएकी हुन् ।

कवि गोपालप्रसाद रिमालका कवितामाथि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी गिरिले लामो समय पद्मकन्या क्याम्पसमा प्राध्यापन गरेकी थिइन् । तपाइँको भौतिक शरीर यस धारमा नरहे पनि तपाइँ नेपाली साहित्याकाशमा सदैव जीवित रहनु हुनेछ । वानीरा फाउन्डेशनले नेपाली भाषासाहित्यका विश्व नारीरत्न डा.वानीरा गिरीजस्तो विशिष्ट प्रतिभाको असामयिक निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गर्दछौ

प्रतिकृया दिनुहोस्