Wednesday, September 22

Breaking: काठमान्डौ उपत्यकामा ६३ जनालाई कोरोना पुष्टि

March 24, 2021 166

काठमाडौं, पछिलो २४ घन्टामा काठमान्डौ उपत्यकामा ६३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।भक्तपुरमा २ काठमान्डौमा ५३ ललितपुर मा ८ जना गरि ६३ जनामा कोरोना पुष्टि भएको हो ।त्यस्तै नेपालमा १४५ जनामा कोरोना पुष्टि भएको जानाएको छ ।

पछिल्लो समय नेपालमा पनि कोरोना भाइरस संक्रमण ब’ढ्न थालेपछि सरकारले आइसोलेसन र क्वा’रेन्टिन व्यवस्थापनका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई प’रिपत्र गरेको छ । गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले कोरोनाको जो’खिम बढेकाले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई तयारी अवस्थामा रहन परिपत्र गरेको जानकारी दिए ।

उनले स्वास्थ्य मा’पदण्डलाई अनिवार्य लागू गराउन निर्देशन दिएको र नमान्नेलाई संक्रामक रो’ग ऐ’न अनुसार ’कारबाही गर्न भनिएको बताएका छन् । जिल्लामा को’भिड व्यवस्थापन र रो’कथाम तथा नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वका जिल्ला सं’कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बनाइएकाले जिल्लामा सं’क्रमणको अवस्था हेरेर निर्णय लिन निर्देशन दिइएको आचार्यले बताएका छन ।

प्रतिकृया दिनुहोस्