Wednesday, September 22

गरिबलाई दैवको आँखा लाग्दा घर भ’त्किँएर आमा-बुवा र भाइको मृ’त्यु, ४ दिदीबहिनीको बिचल्ली !

May 24, 2021 208

नौवहिनी गाउँपालिका १ चौतारा स्याउलीवाङ प्यूठानका ३८ वर्षीय बोमबहादुर मल्ल खरले छाएको झुपडी मर्मत गर्ने योजनामा थिए। दैनिकी गुजारा त जसोतसो चलाइरहेका थिए। तर, गत शुक्रबार त्यही झुपडी सजाउने मिठो कल्पनासहित परिवारसँगै सुतेका उनी क’हिल्यै न’उठ्ने ग’री ढ’ले। उनी एक्लै मात्रै ढलेनन् आफूसँगै सुतेकी जीवन संगिनी र मुटु’को टु’क्रा छोरा’लाई लिएर सदा’का लागि अ’स्ताए।

जस्तापाताले घर रंगाउने सपनालाई साकार पार्दै थियो नौवहिनी गाउँपालिकाले । विपन्न घरमा जस्तापाता लगाउने कार्यक्रमअन्तर्गत मल्लले गत शुक्रबार त्यसको चाँजोपाजो गर्दै थिए ।पुरानै घरमा जस्तापाता लगाउन नमिलेपछि उनले एक हात जति गारो लगाउँदै थिए । त्यसका लागि ढुंगा जम्मा गरेर राखेका थिए ।शुक्रबार खाना खाएर उनी सहित ३३ वर्षीया श्रीमती गमी मल्ल र ढाइ वर्षीय छोरा मेघराज’सँगै सु’ते । तीन बहिनी छोरीहरु अर्को कोठामा र जेठी छोरी मामा घर गएकी थिइन् ।

एक्कासी सँगै सुतेका श्रीमान, श्रीमती र ढाइ वर्षीय छोरालाई घर बनाउन राखे’का ढुंगा’ले च्या’प्यो । माथिको तला पू’रै भ’त्कि’यो । त्यही तलामुनि तीनैजना’ले प्रा’ण त्या’गे। अर्को कोठामा सुतेका’ले ती’न बहिनी छोरीहरु भने बाँ’च्न सफ’ल भए ।

पाँच सन्तान र श्रीमतीको पालनपोषण मल्लले मजदुरी गरेर चलाएका थिए । अर्घाखाँचीमा घर बनाउने मिस्त्री काम गर्दथे मल्ल । गाउँपालिकाले जस्तापाता दिएपछि खुसीले उनी घर छाउन आएका हुन् । जस्तापाताले रंगिएको घर देख्न त पाएनन्, नाबालक चार छोरीलाई वि’चल्ली’मा पारेर मृ’त्यु’को मुख’मा पुगे।

जेठी छोरी कुमारी मल्ल १५ वर्षकी भइन् । उनी ६ कक्षामा पढ्छिन् । १२ वर्षीय करिष्मा तीन कक्षामा, ९ वर्षीया साइली गंगा दुई र ७ वर्षीया कान्छी छोरी सपना एक कक्षामा पढ्दैछन् । बुवा, आमा र कान्छो भाइ’को मृ’त्युप’छि उनीहरु बे’सहारा बने’का छन् । मामा घर गएकी जेठी छोरी कुमारीले घर आउँदा बुवा, आमा र भाइलाई घरभित्र पुरिएको अवस्थामा देखेपछि गाउँलेलाई खबर गरेकी थिइन् । उनको घर एकान्तमा भएकाले गाउँलेले उनीहरुलाई उद्दार समेत गर्न पाएनन् ।

उनीहरुको अहिले न बस्ने बास छ, न सहाराका लागि कोही आफन्त । बाल्खैमा उनीहरु बेसहारा बनेका छन् । ‘बि’चल्ली छोरी’लाई कसको जिम्मा लगाउने भन्ने बारेमा छलफल गर्दैछौं’,वडा अध्यक्ष शेरबहादुर सेनले भने, ‘भ’त्किए’को घर बनाउन वडा कार्यालयले अगु’वाइ गर्छ ।’ अन्नपूर्ण पोष्ट बाट

प्रतिकृया दिनुहोस्