Saturday, September 18

कञ्चना ३ की अभिनेत्री मृत अवस्थामा भेटइन्

August 25, 2021 233

रसियन मोडल तथा अभिनेत्री अलेक्जान्द्रा जाभी मृत अवस्थामा भेटिएकी छिन् । तामिल फिल्म कञ्चना ३ मा अभिनय गरेकी अभिनेत्री गोवामा आफ्नै निवासमा मृत फेला परेकी हुन् ।

प्रहरीले अनुसन्धान गर्दा उनले देह त्याग गरेको पाइएको भारतीय मिडियाहरुले बताएका छन् । २४ वर्षकी अभिनेत्रीको मृत्युको कारण पत्ता लगाउन प्रहरीले पोष्टमार्टम रिपोर्ट कुरिरहेको बताइएको छ ।

गोवा पुलिसले रूसी दूतावासलाई कानूनी प्रक्रिया सुरु गर्न भनेको छ। रूसी दूतावासलाई अभिनेत्रीको पोस्टमार्टम रिपोर्ट चाँडै आउने जानकारी गराइएको छ।

अभिनेत्री अलेक्जान्द्राले २०१९ मा चेन्नई पुलिस स्टेशनमा एक फोटोग्राफरविरुद्ध यौन उत्पीडनको उजुरी दायर गरेकी थिइन्।

उनले उक्त फोटोग्राफरले आफ्नो तस्वीरहरु खिचेवापत यौन सम्बन्ध राख्न आग्रह गरेको बताएकी थिइन् ।अभिनेत्रीको मृत्युपछि चेन्नई पुलिसले गोवा पुलिसलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिएको छ।

प्रतिकृया दिनुहोस्