Wednesday, October 27

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न आग्रह

March 25, 2021 358

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न आग्रह गरेको छ। पछिल्ला दिनमा को’रोना भाइरस (कोभिड-१९) संक्रमण जोखिम बढ्न थालेपछि मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको हो । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ ।

जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’ यसपाली होली पर्व पहाडमा चैत्र १५ गते र तराईमा १६ गते मनाइँदै छ। रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदै छ । डा.समिरका अनुसार गत सोमबारदेखि १२ हजार ४६६ पीसीआर परीक्षण गरिएकोमा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ। २६६ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घन्टामा १४५ जनामा कोरोना भाइस (कोभिड-१९) संक्रमण देखिएको छ। ३९ सय ६३ स्वाब पीसीआर गर्दा १४५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट १ जना को मृ,त्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृ,त्यु हुनेको संख्या ३ हजार २० पुगेको छ। मन्त्रालयका अनुसार बुधबार ९० जना स्वास्थ्य लाभ गरेका छन्।

यो सहित को’रोनाबाट निको हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ।यस्तै हाल ५२ जना क्वारेन्टाइनमा र ११ सय ८२ जना आइसोलेसनमा छन्। पछिल्ला दिनमा छिमेकी देश भारतमा को’रोना संक्रमण बढ्दै गएपछि नेपालमा जोखिम बढेको छ। को’रो ना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढ्दै गएको भन्दै गृहमन्त्रालयले सतर्कताका लागि ७७ जिल्ला प्रशासनलाई परिपत्र गरेको छ।

यस्तै बुधबार बसेको प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत उपसमितिले स’ङ्क्रामक महा मारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधा सहितको संरचना तयार गर्न सुझाव दिएको छ । यस्तै बुधबार काठमाडौं उपत्यकामा थप ६३ जनामा सं’क्रमण पुष्टि भएको छ भने देशभर ६३ जना क्वारेन्टाइनमा बसेका छन्।

प्रतिकृया दिनुहोस्