Wednesday, October 27

१२ वर्ष सम्म कतारमा पसिना बगाएर घर आए : श्रीमानले आफ्नो छोरा र श्रीमती न भेट्दा छागा बाट खसे जस्तै भए !

March 25, 2021 233

अहिले समस्यामा परेका नेपालीहरु सहयोग खोज्न प्रहरीकहाँ जाँदैनन् । आफ्ना समस्या सुनाउन र समाधान खोज्न युट्युवरको दैलोमा जाने गरेका छन् । रोल्पाका कृष्ण घर्ती मगर १२ वर्ष सम्म कतारमा संघर्ष गरे १० वर्ष अघि विवाह गरेका थिए । उनी अहिले दुई वर्ष पछि नेपाल फर्किएका छन् । उनी नेपाल फर्किएर आफ्नो जन्मघर रोल्पा जानुको साटो उनी युट्युवरको दैलोमा पुगे ।

परिवारका खुसीको लागि वैदेशिक रोजगारीका लागि कतार पुगेका उनी आफ्नो पनि खुसी खोसिएपछि सहयोगका लागि सामाजिक सञ्जालमा आफ्ना कुरा राख्न युट्युवरको दैलोमा पुगेका हुन् । उनी विदेशवाट सुट्केश वोकेर सिधै अर्काको दैलोमा जानुपर्दा पक्कै नराम्रो लागेको होला । तर उनको त्यो बाध्यता हो । १० वर्ष अघि विवाह गरेकी श्रीमती रोल्पा स्थित घरवाट सम्पर्क विहिन भइन् । फागुन महिना देखि उनी एकाएक सम्पर्क विहिन भएपछि कृष्ण हतारिदै कतारवाट नेपाल आएका हुन् ।

प्रतिकृया दिनुहोस्