Sunday, August 1

बुबाको काखमै रहेकी बालिकामाथि गो’ली प्र हार पछि मृत्यु

March 25, 2021 213

ढाका । सैन्य शासन लागू भएको म्यान्मारमा ७ वर्षकी बालिकको सुरक्षाकर्मीको गो ली लागेर मृ त्यु भएको छ। मंगलबार सेना तथा प्रहरीले मानिसहरुको घर–घरमा पुगेर उनीहरुसँग रहेको बन्दुकहरु खोज्न थालेका थिए र बन्दुक भेटिने घरका व्यक्तिलाई गि रफ्ता र गरेका थिए।

बीबीसीका अनुसार प्रहरीले मन्डाले शहरमा छा पा मा रे का थिए। सो क्रममा ७ वर्षकी बालिका खिन म्यो चित डरले आफ्नो बुबाको काखमा गएकी थिइन्। सोही बेला प्रहरीले गो ली चलाउँदा ती बालिकाको मृ त्यु भएको हो।

बुबाको काखमै बालिकाको मृ त्यु भएको थियो। मृ त बालिकाकी २५ वर्षकी दिदी मे थु सुमायाका अनुसार मंगलबार मध्यान्न उनीहरुको घरमा प्रहरी ढोकामा ला त्ता प्र हार गर्दै प्रवेश गरेका थिए।

‘प्रहरीले हाम्रो घरको ढोकामा ला’ त्ता प्र हा र गरेका थिए’ सुमाया भन्छिन्,‘घर भित्र छिरेपछि उनीहरुले बुबालाई घरमा अन्य मान्छे छन् कि छैनन् भनेर सोधेका थिए।’

जब उनका बुबाले घरमा अरु कोही छैनन् भनेका थिए प्रहरीले ढाढेको भन्दै खोजतलास गरेका थिए। त्यो समयमा खिन म्यो चित डरले आफ्नो बुबाको काखमा गएकी थिइन्। प्रहरीले बालिका भएको थाहा पाउँदा पाउँदै उनीमाथि गो ली प्र हा र गरेको थियो।

म्यान्मार मुस्लिम मिडिया संचार माध्यमका अनुसार बालिकाका पिता यु मुआङ को हासिन बाइले आफ्नी ७ बर्षकी छोरीको मृ त्युको अन्तिम क्षणको बारेमा बताएका छन्। उनी भन्छन्,‘छोरीले गो ली लागेपछि म चो ट ख प्न स क्दिन बुबा, मलाई धेरे दुखेको छ भनेकी थिइन्।’

प्रतिकृया दिनुहोस्