Saturday, September 18

कोरोनाको जोखिम बढेसँगै कतारमा स्वास्थ्य सुरक्षाका सम्बन्धमा थप कडाइ

March 25, 2021 306

एजेन्सी, १२ चैत । कतारमा स्वास्थ्य सुरक्षाका सम्बन्धमा पालना गर्नुपर्ने ३३ बुँदे निर्देशनहरु जारी गरिएको छ ।कोरोनाको जोखिम बढेसँगै त्यहाँ उक्त निर्देशनहरु जारी गरिएको जनाइएको छ। कतारको संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले भोलि शुक्रबारदेखि लागू हुनेगरी निर्देशनहरु जारी गरेको छ ।

कतारमा मार्च २६ देखि निजी तथा सरकारी क्षेत्रका बैठकहरुमा पाँच जनाभन्दा बढी उपस्थित हुन नपाउने पनि जनाइएको छ । कतार सरकारले योसंगै घर तथा कार्यालयमा पनि पाँच जना भन्दा बढी मानिस सँगै भेला नहुन निर्देशन गरेको छ ।

कतारमा रहेका सबै सार्वजनिक स्थलहरु पनि बन्द हुने छन् । यस्तै सवारी साधनमा पनि चालकसहित चार जनाभन्दा बढी यात्रा गर्न नपाइने जनाइएको छ।

प्रतिकृया दिनुहोस्