Sunday, October 17

बालिका बलात्कार गरेर भागेका मुखिया १३ वर्षपछि पक्राउ

March 26, 2021 145

सप्तरी, १३ चैत । १० वर्षिया बालिका बलात्कार गरेको आरोपमा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ कोइलाडी बरसाईन बस्ने ३५ वर्षिय सेभु भन्ने श्याम मुखिया हुन् ।

बिहीबार गाउँमै लुकिबसेको अवस्थामा पक्राउ परेका मुखियालाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएपछि आदेशानुसार कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिए ।

२०६४ साल असोज ९ गते गाउँकै एक १० वर्षिया बालिकाको बलात्कार गरेको आरोपमा उनीमाथी जरबजस्तीकरणी मुद्दा चलाइएको थियो । सो मुद्दामाथी सुनुवाई गर्दै सप्तरी जिल्ला अदालतले २०७५ असार ५ गते १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

घटनापछि फरार भएका मुखिया गाउँ फर्केको र लुकिबसेको गोप्य सूचना आएपछि प्रहरी चौकी बरसाइनबाट खटेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्