Wednesday, September 22

एक हप्ताका लागि सरकारी/गैरसरकारी संस्था, विद्यालय, पसल सबै बन्द!!

March 26, 2021 330

\एक हप्ताका लागि सरकारी/गैरसरकारी संस्था, विद्यालय, पसल सबै बन्द हुने ! भर्खरै आयो यस्तो खबर !
साताका लागि सरकारी/गैरसरकारी संस्था, विद्यालय, पसल सबै बन्द ! भर्खरै आयो यस्तो खबर ! कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा कोभिड–१९ का बिरामीको सङ्ख्या प्रतिदिन बढ्न थालेपछि वडा नं ५ एक साताका लागि सिल गरिएको छ । यो समाचार को पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्

वडामा रहेका सरकारी तथा गैरसरकारी संस्था, विद्यालय, पसल, उद्योग अर्को सूचना जारी नहुँदासम्मका लागि मङ्सिर २९ गतेदेखि पुस ५ गतेसम्मका लागि बन्द गरिएका छन् । वडा क्षेत्रमा आवश्यक कामबाहेक अन्य कार्यका लागि हिँडडुल गर्नमा समेत प्रतिबन्ध लगाइएको छ ।स्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै वडा क्षेत्रमा बाह्य व्यक्तिलाई प्रवेश दिइने वडाध्यक्ष कमल गिरीले बताए । कोरोनाको सङ्क्रमण देखिएको वन समिति, खजुवा, गर्जमुनी, वैशाखा र वडाअन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्ग क्षेत्रको आवतजावतमा कडाइ पारिएको छ ।सोही वडाका एक वृद्धको गत साता कोरोनाको सङ्क्रमणकै कारण मृत्यु भएको थियो । दश कोरोना सङ्क्रमित होम आइसोलेसनमा रहेका छन् ।नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार नगरपालिकामा १३४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । यो समाचारको पूरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्

उपत्यकावासीले मेलम्चीको पानी आउने दिन गनेर बसेको वर्षौं बित्यो । तर, प्रचार गरिएअनुसार पानी अझै आएको छैन । गत साता प्रधानमन्त्री केपी शर्मा ओलीसहित जम्बो टोलीले सुरुङबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झार्ने काम सुरु गरी मेलम्चीको पानी ल्याएको घोषणा गरे पनि अझै कयौँ समस्या भने ज्यूँकात्यूँ छन् । निर्माण थालिएको लामो समयपछि मेलम्चीको पानी गत फागुन २२ मा सुन्दरीजलसम्म परीक्षणका रुपमा ल्याइयो । त्यो पानी केही दिन वाग्मतीमा छाडियो । तर, अझै मेलम्चीको पानी उपत्यकावासीको घरघरमा पुगेको छैन । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले चैत दोस्रो साताबाट परीक्षण वितरण गर्ने तयारी भएको जानकारी दिए । तर, उनले भनेजस्तो वितरण प्रणाली सजिलो देखिँदैन । नयाँ पाइपबाट वितरण गर्ने अवस्था छैन । पुराना पाइपबाट वितरण गर्ने तयारी गरिएको भए पनि ती जीर्ण छन् । पुराना पाइप टालटुल गरेर पानी लयाउने तयारी गरिएको हो । पुराना पाइपमा सातामा एक चोटी पानी छाड्दा केही स्थानमा लिकेज भइ सडक जलमग्न बन्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्