Sunday, October 17

कोरोनाका कारण एमाले अध्यक्ष रोकायको निधन

March 26, 2021 146

काठमाडौ । कोरोनाका कारण नेकपा(एमालेको डोल्पाका जिल्ला कमिटी अध्यक्ष दत्त रोकायाको ६० वर्षको उमेरमा निधन भएको छ। दुई साता देखि अस्पतालमा उपचारर्थ रोकायको शुक्रवार विहान निधन भएको हो । पाटन अस्पतालमा शुक्रवार बिहान निधन भएको एमाले डोल्पाका सचिवालय सदस्य लंकबहादुर शाहीले जानकारी दिए ।

रोकायको निधन पछि नेपाली सेनाको टोलीले पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने पनि जानकारी दिएका छन् । सेनालाई खबर भएको छ, शाहीले भने, ‘नेपाली सेनाको टोलीले आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गर्नेछ।’

सुरुमा ज्वरो आएपछि जाँच गर्दा कोरोना भएको पुष्टि भएको थियो । एक महिना अघि कामको शिलसिलामा काठमाडौ आएका रोकाय डोल्पा फर्किए पछि अस्वस्थ्य भएका थिए । ३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका रोकाया पञ्चायतकालमा कालिका माध्यमिक विद्यालयका हेडमास्टर थिए।

‘२०४७ सालमा डोल्पामा एमालेको जिल्ला कमिटी बन्दा उनी संस्थापक अध्यक्ष भएका थिए । एकपटक बीचमा पाँच वर्षबाहेक सधै जिल्ला कमिटी अध्यक्षको भूमिकामा रोकाय थिए ।

प्रतिकृया दिनुहोस्