Wednesday, September 22

कोरोना जोखिमसंगै काठमाडौंमा चल्ने सवारीसाधनमा सुरु भयो नयाँ नियम

March 26, 2021 276

काठमाडौ । कोरोनाको कहर फेरी सुरु भएपछि उपत्यकामा चल्ने सवारी साधनमा कडाई सुरु गरिएको छ । स्वास्थ्य मापदण्ड अपनाएर मात्र सवारी साधन चलाउन आग्रह गरिएको छ । सामाजिक दुरी कायक राख्न, माक्स लगाउन र धेरै भिड नगर्न प्रशासनले निर्देशन दिएको छ । कोरोनाको जोखिम फेरी सुरु भएकाले फैलन नदिन सार्वजनिक यातायात क्षेत्रमा फेरि कडाइ गरिने भएको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरूबीच भएको छलफलमा सवारी यात्रालाई ब्यवस्थित बनाउने निर्णय गरेको हो । होरोना रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्ने निर्णय भए बमोजिम कडाई गरिने भएको हो।

सार्वजनिक यातायात क्षेत्रमा शुक्रवारदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरू राख्ने, भौतिक दुरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौले जनाएको छ ।

कोभिड संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ। शुक्रबारको बैठकमा सार्वजनिक यातायातमा मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ।

प्रतिकृया दिनुहोस्