Friday, June 18

त्रिभुवन विमानस्थलमा बाहिरबाट र नेपालबाट उडेका जहाजले अवतरण गर्न सकेनन्, काठमाडौंको आकास बाटै फर्किए अन्य विमानस्थलमा

March 26, 2021 178

काठमाडौं । शुक्रबार एक्कासी काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढोकेको छ । घाम लागेको छैन भने हावा पनि चलेको छैन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ ।

शुक्रबार दिउँसो हुँदै गएपछि काठमाडौं उपत्यकावासीले आँखा पोलिएको अनुभव गर्न थाले। धुँवा र धुलो मिसिएको हावाले वायुमण्डल ढपक्कै भएको थियो।

दिउँसो ३ बजेपछि त काठमाडौंको भिजिबिलिटी यति कम भयो कि त्रिभुवन विमानस्थलमा जहाज अवतरण र उडान हुनै नसक्ने भयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिले चार वटा जहाज आकाशमा होल्ड भएका छन् ।

हङकङबाट आएको क्याथे प्यासिफिक, दिल्लीबाट आएको नेपाल एयरलाइन्स, दिल्लीबाटै आएको एयर इन्डिया र साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सले आकाशसमै फन्को मार्दै बस्नु परेको छ । प्रदुषणले जहाज अवतरणलाई चाहिने भिजिविलिटी नहुँदा उडान-अवतरण प्रभावित बनेको हो ।

पोखराबाट काठमाडौं आएको यति एयरको जहाजलाई जनकपुर पठाइएको छ । बुद्धको पोखरा, जनकपुर र राजविराजबाट आएको जहाजलाई समेत जनकपुर डाइभर्ट गरिएको छ ।

नेपालगञ्जबाट आएको बुद्धको जहाज भैरहवा पठाइएको छ । चन्द्रगढीबाट आएको सौर्य एयरको जहाज सोही विमानस्थलमा फर्काइएको छ । धनगढीबाट आएको श्री एयरको जहाज भैरहवा डाइभर्ट भएको छ ।

वातावरणविद्ले भने काठमाडौँ उपत्यकामा शुक्रबारदेखि मौसम स्वास्थ्यका लागि हानिकारक रहेको बताएका छन्। ‘यसले आँखा पिरो हुने, छाला चिलाउने, स्वासप्रश्वासमा समस्या देखिन सक्छ। यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक बाहिर निस्कनु हुँदैन।

निस्कनु परे मास्क लगाउनुपर्छ। बालबालिका र बृद्धबृद्धा तथा गम्भीर रोगका बिरामीहरुलाई यसले बढी असर गर्न सक्छ’, वातावरण विभागका उपमहानिर्देशक इन्दु विक्रम जोशीले भने।

स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार शुक्रबार अपरान्ह काठमाडौंको एयर क्वालिटी इन्डेक्स १९८ थियो। अर्थात् शुक्रबार काठमाडौं संसारका प्रदुषित हावा भएका सहरमध्ये पहिलो स्थानमा पुग्यो। काठमाडौंपछि चीनको राजधानी बेइजिङ (१८८) र भारतीय सहर मुम्बईको एयर क्वालिटी इन्डेक्स १७४ पुगेको थियो।

यसै क्रममा नवलपुरका विभिन्न सामुदायिक वनमा लागेको आगोले यस क्षेत्रको वायुमण्डल धुवाँले ढाकेको छ । यहाँ रहेका सामुदायिक वनमा लागेको आगोले जिल्लाको सबैजसो क्षेत्रमा अहिले धुवाँमय भएको छ ।

नवलपुरका अहिले करीब दुई हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी शिव श्रेष्ठले बताए । जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा अहिले पनि ढडेलो लागेको भन्ने सूचना आइरहेकाले डढेलो लागेको वनको क्षेत्रफल बढ्न सक्ने सूचना अधिकारी श्रेष्ठले बताए ।

गत वर्ष नवलपुरमा ६०० हेक्टर क्षेत्रफलमा मात्रै डढेलो लागेकामा यो समय चैतको दोस्रो हप्ताभित्र नै दुई हजार हेक्टर बढी क्षेत्रफलमा डढेलो लागेको उनले बताए । नवलपुरको राजमार्ग क्षेत्रका सामुदायिक वनमा धेरै डढेलो लागेको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार राजमार्ग आसपासका क्षेत्रमा चुरोट खाएर फालिदिने गर्दा आगलागी हुने गरेको छ । यस्तै सामुदायिक वनसँग विभिन्न कारणले मनमुटाव रहेका व्यक्तिले रिसले समेत आ गो ल’गाएको पाइएको छ भने वन्यजन्तुको शि’कार गर्न तथा वनमा आ’गो ल’गाएपछि च्याउ राम्रो आउँछ भनेर पनि आ’गो ल’गाउने गरेको उनले बताए ।

पहिलेपहिले खोरीया फाँड्न वनमा आगो लगाउन चलन भए पनि नवलपुरमा अहिले भने यस्तो नरहेको सूचना अधिकारी श्रेष्ठले बताए । नवलपुरमा करीब ७० हजार ४०० हेक्टर क्षेत्रफलमा वन रहेको छ । नवलपुरमा २०८ वटा सामुदायिक वन, १५३ वटा कबुलियती वन, आठ वटा धार्मिक वन, साझेदारी र चक्ला वन एक÷एक वटा रहेको छ ।

अहिले धेरैजसो वनमा डढेलो लागेको छ । पहाडी क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न मुस्किल देखिएको छ । अप्ठ्यारो स्थानमा लागेको आगो निभाउन असम्भव जस्तै देखिएकाले तत्काल नियन्त्रणमा आउन सक्ने सम्भावना देखिएको छैन ।

सामुदायिक वन क्षेत्रमा लागेको आगो नियन्त्रणका लागि वन समूहले प्रयास गरे पनि ढडेलोबाट वन जोगाउन भने सकेका छैनन् । अघिल्ला वर्षमा भन्दा यस वर्ष यहाँका सामुदायिक वनले डढेलो नियन्त्रणका लागि प्रभावकारीरुपमा काम नगरेको देखिएको छ । वैज्ञानिक वन व्यवस्थापन प्रणाली खारेजी, काठ दाउरा उपभोगमा लामो समय गरिएको प्रतिबन्धका कारण उपभोक्तामा नैराश्यता देखिएको वैज्ञानिक वन सञ्जाल नवलपुरका अध्यक्ष मधुविलास अधिकारीले बताए ।

यसै कारणले समेत संरक्षणमा उपभोक्ताको चासो कम भएको अनुमान गरिएको छ । जिल्लाका विभिन्न वन क्षेत्रमा लागेको डढेलोले आकाशमा धुवाँले ढाक्दा आँखा पोल्ने समस्यासमेत देखिएको छ ।

धुवाँका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समेत समस्या उत्पन्न हुन सक्ने मध्यबिन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताए । आँखाको सुरक्षाका लागि चस्मा प्रयोग गर्ने, बेलाबेलामा चिसोपानीले आँखा धुने र श्वासप्रश्वासमा समस्या हुन नदिन मास्क लगाउने जस्ता उपाय अपनाउन सकिने उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस्