Saturday, February 27

२६ वर्षकै उमेरमा कलाकारितामा छ’लाङ्ग मार्दै गरेकी मोडेलले गरिन देहत्याग

January 26, 2021 124

कोरियाली अभिनेत्री सङ यो–जङको निधन भएको छ। २६ वर्षकै कलिलो उमेरमा सङ योको निधन भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। उनको जनवरी २३ अर्थात् शनिबार निधन भएको बताइएको छ। यद्यपी हालसम्म उनको मृत्युको कारण खोलिएको छैन।

उनले देहत्याग गरेको हुनसक्ने आ’शंका गरिएको छ। यसअघि कोरियाली संचारमाध्यमले उनले देहत्याग गरेको समाचार प्रकाशित गरेतापनि पछि हटाएका थिए। सोमबार अभिनेत्री सङ योको अन्त्येष्टि गरिएको छ। उनले सन् २०१३ मा क’स्मेटि’क प’दा’र्थको विज्ञापनमा मोडेलिङ गर्दै अभिनय यात्रा तय गरेकी थिइन्।

पछि उनले चर्चित रोमान्टिक ड्रा’मा गोल्डेन रेनबो, मेक योर विस, स्कुल २०१७ तथा सन् २०१९ मा डियर माइ नेमजस्ता टेलिभिजन नाटकमा पनि काम गरिन्। उनले चर्चित कोरियाली गीतमा पनि अभिनय गरेकी छिन्। कलाकारितामा राम्रो छलाङ लिइरहँदा उनको निधन भएको हो।

कोरियन वुमन्स डे’भलोप’मेन्ट इ’न्स्टिट्यु’टका अनुसन्धानकर्ता किम योङ–टेकका अनुसार कोरियामा महिला देहत्याग हुनुको सबैभन्दा ठूलो कारण आ’र्थिक समस्या हो।

‘पुरुषको तुलनामा महिलासँग कम स्रो’तसाधन र पैसा हुन्छ’ उनी भन्छन्,‘यहाँ महिलालाई कम गुणस्तरीय काम गर्न दिइन्छ साथै महिलालाई पुरुषको तुलनामा कम समय काम गर्न दिइन्छ।’

२४ वर्षकी मुन हा–इयुनले आफू समाजबाट ब’हिष्कारमा परेको सोच राख्छिन्।

‘जब मैले काम थाले मलाई महसुस भयो म पुरुष भएर जन्मिनु पर्ने रैछ’ उनी भन्छिन्,‘काममा मालिकले मलाई श’री’रको व’जन कम गर्न र कार्यालय आउँदा मेकअप गरेर राम्री भएर आउन भन्थे।’

महिला र पुरुषबीच आर्थिक रुपमा समानता ल्याउन सके साथै महिलामाथिको पि’तृसतात्मक सोचमा बलदाव ल्याउन सकिए मात्र कोरियामा महिला देहत्याग दर घट्ने विश्लेषकहरु बताउँछन्।

प्रतिकृया दिनुहोस्