Tuesday, May 11

बसमा खलासी काम गर्दा गर्दै उदाए यस्ता प्रतिभा, र्याप बाट यमबुद्दको झल्को दिने यी युवक भन्छन्, बिश्व हल्लाउने चाहना छ (भिडियो)

March 26, 2021 93

काठमाडौं। एक्काइसौं शताब्दीको युग प्रबिधी र बिकाशको युग का साथसाथै ससामाजिक संजालको युग पनि हो। सामाजिक संजालको माध्यमबाट मानिसहरु आफ्ना बिचार,धारणा, अभिमत र बिरोधाभाषको आवाज उठाउने, मनोरंजन गर्ने,समयको सदुपयोग गर्नुका साथसाथै ज्ञान सिक्नको लागि पनि प्रयोग गरिन्छ।

पछिल्लो समय सामाजिक संजालका कारण धेरै मानिसहरु भाइरल भएका छन् । मानिसहरु यसरी भाइरल भएको देखेपछि अरुले पनि यसैगरी रातारात चर्चा बटुल्ने प्रयासमा धेरै पोस्टहरु गरिरहेका हुन्छन् । यद्यपि चर्चा कोही कोहीले मात्र पाउँछन् ।

टिकटक होस् या सामाजिक संजाल,भाईरल भएर पछील्लो पटक नेपाली सांगितिक आकाशमा उदाउने प्रतिभाहरु अहिले धेरै छन् ।
यस्तै लुकेको प्रतिभा भएका यी युवक हुन् सुमन वाइबा ।

हजुर आज हामी चर्चा गर्दैछौ सहचालक बन्दाबन्दै र्याप शैलीमा गाउन सक्ने प्रतिभा भएका उदयीमान यी युवकका बारे ।

१८ बर्षिय सुमनको बाल्यकाल देखि नै गीत गाउने रहर थियो । पारिवारिक समस्याले उनलाई कलमकापी भन्दा पनि पहिला बसको सहचालक अर्थात खलासी बनायो ।

दु:खका दिन सँगै निखारिएर आफ्नो भोगाइहरुलाई शब्दमा संगाल्दै, अहिले उनले पश्चिमा संगीतमा चर्चित रहेको र्याप शैलीमा नेपाली गीत लेख्ने र गाउने गर्छन् । उनको यो प्रतिभा बारे हामीले पनि थाहा पाएपछी उनलाई भेट्न पुग्यौ । आउनुहोस उनी सँग गरिएको कुराकानीको यो भिडियो हेरौं है त

प्रतिकृया दिनुहोस्