Monday, June 14

BREAKING: आज एकैदिन कोरोनाबाट ४ जनाको नि’धन , थपिए यति धेरै संक्रमित

March 26, 2021 172

काठमाडौं— नेपालमा आज एकैदिन ४ जनाको कोरोना संक्रमण बाट ज्यान गएको छ। आज ज्यान गु’माउने कोरोना संक्रमित सहित कोरोनाबाट ज्यान गु’माउनेको संख्या ३ हजार २४ पुगेको छ। त्यस्तै आज थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म कोरोना संक्रमणमु’क्त हुनेको संख्या २ लाख ७२ हजार ३ सय ४२ जना पुगेको छ । नेपालमा संक्रमणमु’क्त हुनेको दर ९८।४ प्रतिशत रहेको छ । पछिलो केहि दिनमा कोरोनाका बि’रामी बढेपछी सार्वजनिक यातायातमा स्वास्थ्य मा’पद’ण्ड क’डाइका साथ ला’गू गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौमा यातायात क्षेत्रका सरोकारवालाबीच भएको छलफलमा यातायातका साधनमा स्वास्थ्यका मा’पदण्ड पालनामा क’डाइ गर्ने सहमति भएको हो ।प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायातमा मा’स्क विना यात्रा गर्न नपाइने र यदि यात्रा गरेको पाइए यात्रुलाई का’रबाही गर्ने निर्णय बैठकमा भएको जानकारी दिनुभयो ।

उहाँले सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रु राख्ने, भौतिक दुरी कायम गर्ने, बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धु’ने व्यवस्था गर्ने, मा’इकिङ गर्ने, च’नचेतना फै’लाउने र अ’नुगमनलाई प्र’भावकारी बनाउने निर्णय भएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्