Friday, June 18

यो देशमा किन जन्मिएँ होला जस्तो लागिरहेको छ’ नायिका नीता ढुंगाना

May 26, 2021 93

नायिका नीता ढुंगानाले आफूलाई यो देशमा किन जन्मिएँ होला भन्ने लाग्न थालेको उल्लेख गरेकी छिन् । उनले कलाकार हरिहर अधिकारीका पिताको निधन’पछि मनको भावना व्यक्त गरेकी हुन् ।

करिब एक बर्षदेखि हरिहरको प्रेममा रहेकी नीताले लेखेकी छिन्–‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ ।

मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । कोरोनाविरुद्ध संसार लडिरहँदा मेरो देशले मलाई झन् लात हान्छ भन्ने कुराको आज आभाष भयो ।’

नीताले यो कठिन अवस्थामा जनता’को लागि ल’ड्नुपर्नेहरु यहाँ कुर्सीका लागि लडिरहेको भ’न्दै आ’क्रो’श पोखे’की छिन् । उनले, समयमा अस्पतालमा उपचार नपाएर आफूले नजिकको अ’ग्रज गुमाएको समेत उल्लेख गरेकी छिन् । नीताले हरिहरका पिताले समयमै उपचार पाएको भए यो दुःख’द क्ष’ण नआउनेतर्फ संकेत गरेकी छिन् ।

उनले, समयमा नै आइसियूको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायू’मा ज्या’न गु’माउनु पर्दैन थियो होला भन्दै आफूलाई यो देशले रक्षा गर्न नसक्ने बताएकी छिन् ।

हरिहरका पिताको कोरोना संक्रमण’का कुरा उपचारका क्रममा नि’धन भएको थियो ।

प्रतिकृया दिनुहोस्