Thursday, December 2

सरकारले थप्यो चाडपर्व बिदा, जनैपूर्णिमा, माघे संक्रान्ति देखि यस्ता छन् विदाका दिन

March 22, 2021 339

काठमाडौ । सरकारले आगामी वर्ष ०७८ मा सार्वजनिक विदा थप गरेको छ । यस अघि दिँदै आएको चाडपर्व विदामा थप चार दिन चाडपर्व बिदा थप गर्ने निर्णय सरकारले गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो ।

यस अघिका बर्षमा यि दिनमा विदा दिने गरिएको थिएन । सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ ।

त्यस्तै, तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय बिदा हुनेछ । विभिन्न जनजातिले आफूहरूको चाडमा राष्ट्रिय बिदा दिन माग गरे पनि सम्बन्धित धर्मावलम्बीलाई मात्र दिने विगतको प्रावधानलाई कायमै राखिएको छ । प्रधानमन्त्री केपी ओलीसँगै छलफल गरेर चाडपर्वका बिदा तय गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

सरकारले अन्य सार्वजनिक बिदा भने यथावत् राखेको जनाएको छ । केपी ओली नेतृत्वको सरकार बनेलगत्तै चाडपर्वका बिदा कटौती गरिएकोमा फेरि थप्न थालिएको छ । धेरै दिन सार्वजनिक बिदा हुँदा अर्थतन्त्रमा त्यसको असर पर्ने भन्दै तीन वर्षअघि बिदा कटौती गरिएको थियो ।

प्रतिकृया दिनुहोस्