Sunday, October 17

भारतीय कारमा तीन बालकको मृत्युको कारण खुल्यो, यस्तो आयो भिसेरा रिपोर्ट

May 27, 2021 365

काठमाडौ । दाङको तुलसीपुरमा भारतीय नम्बरको कारभित्र फेला परेका तीन बालकको मृत्युको कारण खुलेको छ । करिब एक महिना अघि तीन बालक कारभित्र मृ त अवस्थामा फेला परेका थिए । उनीहरुको मृत्यु निसासिएर भएको तथ्य भिसेरा रिपोर्टले देखाए छ ।

पइलाका प्रहरी कार्यालय दाङले बालकको मृत्युको कारण खुलेको भिसेरा रिपोर्ट आएको जनाएको छ । वैशाख १८ गते बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं।६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तीन बालक मृ त अवस्थामा फेला परेका थिए।

मृतकमा तुलसीपुर ६ बरूवा गाउँका भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियार थिए।

अभिभावकले घटना रहस्यमयी भन्दै निष्पक्ष छानविनको माग राखेका थिए । परिवारका सदस्यको आन्दोलनका कारण १३ दिन सम्म शव अस्पतालमै राखिएको थियो । उनीहरुको विभिन्न सर्त पुरा गर्ने प्रतिवद्धता स्थानिय प्रशासन र जनप्रतिनिधिले जनाएपछि शव बुझेका थिए । तीन बालकको मृत्यु निसास्सिएर भएको तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए ।

‘प्रहरीले पनि आफ्नो अनुसन्धान पुरा गरि अदालतमा मिसिल बुझाई सकेको प्रहरीले जनाएको छ । तथ्य र रिपोर्टहरुका आधारमा लामो समयदेखि पार्किङ गरि राखिएको कार भित्र बच्चा खेल्ने क्रममा त्यस भित्र प्रबेश गरेको भएपनि भित्रबाट ढोका लक भएको निष्कर्ष निकालिएको हो ।

यसअघि प्रहरीले घटना अनुसन्धान गर्न बाँकेबाट तालिम प्राप्त कुकुर र प्राविधिक झिकाएको थियो भने शवको पोष्टमार्टमका लागि बुटवलबाट विषेशज्ञ डाक्टर झिकाएको थियो।

प्रतिकृया दिनुहोस्