Saturday, December 4

किशोरीलाई ब’लात्कार गरेको अभियोगमा सात वर्ष कैद

March 23, 2021 181

गलकोट, १० चैत । उन्नाइस वर्षीया किशोरीलाई ब’लात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–५ का ४० वर्षीय भरत सापकोटालाई सात वर्ष कैद सजायको फैसला सुनाइएको छ ।जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको इजलासले ब’लात्कार कसूर ठहर गर्दै सापकोटालाई सात वर्ष कैदसहित नगद क्षतिपूर्तिको फैसला सुनाइएको हो ।

अदालतले पीडितलाई रु एक लाख क्षतिपूर्ति र रु एक हजार ३०० पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताउनुभयो ।

युवतीलाई सापकोटाले गत साउन १६ र १७ गते ब’लात्कार गरेको भन्दै पीडित पक्षले साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई सोही दिन पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्